घटेको बजारमा साढे २१ अर्बको कारोबार, तीन कम्पनीको सेयर मूल्यमा सर्किट
वि.सं.२०७८ साउन ३१ आइतवार
काठमाडौँ । मौद्रिक नीति सार्वजनीक भएपछि पहिलो कारोबार दिन आज बजार घटेर बन्द भएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक २४.५७ अंकले घटेर ३१५४.३४ को बिन्दूमा कायम भएको छ ।
घटेको बजारमा पनि तीन कम्पनीले भने सकरात्क सर्किट हानेका छन् भने कारोबार रकममा नयाँ रेकर्ड कायम भएको छ । यो भन्दा अगाडी जेठ ३० गते आईतबार १९ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको थियो ।
यो दिन पनि जीवन विकास लघुवित्त र यूनियन लाईफले अघिल्ला दिनहरुमा जस्तै सकरात्मक सर्किटको अवस्था कायम राखेका हुन् भने आज खानिखोला हाईड्रोको सेयरमा सर्किट लागेको हो ।
यो दिन २२२ कम्पनीको २१ अर्ब ६४ करोड ७६ लाख हजार बराबरको कारोबार भएको छ ।
यो दिन इन्भेष्टिमेन्टm उत्पादन तथा प्रशोधन र माईक्रोफाइनान्स बाहेकका सबै उपसमूहको सूचक राताम्मे रहेको छ ।
आजको दिन नेपाल बैंक लिमिटेडले सबैभन्दा बढी रकमको कारोबार गरेको छ । यो दिन बैंकको १ अर्ब ५ करोड ४६ लाख ७८ हजार बराबरको कारोबार भएको छ । त्यस्तै कम्पनीको सेयर मूल्य आज ३६ रुपैयाँले बढेर ५३८ रुपैयाँ पुगेको छ ।
२०७८ साउन ३१ गते प्रकाशित
प्रकाशित समय : ०९:४९ बजे






















