दोहोरो अंकले घटेको बजारमा कारोबार रकमले राख्यो ऐतिहाँसिक रेकर्ड

वि.सं.२०७८ साउन ३१ आइतवार

काठमाडौँ । सताको पहिलो कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मौद्रिक नीति सार्वजनिक पछिको पहिलो कारोबार दिन आज बजार घटेपनि कारोबार रकमले भने अहिले सम्मकै उच्च रेकर्ड कायम गरेको छ । इन्ट्रा डे कारोबारको अन्त्यमा बजार २४.५७ अंकले घटेर ३१५४.३४ को बिन्दूमा कायम भएको छ ।
यता कारोबार रकम भने अहिलेसम्मको रेकर्ड ब्रेक गरेको छ । आज २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ६४ करोड ७६ लाख बराबरको कारोबार भएको हो । यो अहिलेसम्मकै उच्च हो ।
२०७८ साउन ३१ गते प्रकाशित

प्रकाशित समय : ०९:२४ बजे