back

शिखर इन्स्योरेन्सको खुद बीमाशुल्क सवा १ अर्बमाथि, यस्ता छन् अन्य वित्तीय सूचकहरु

काठमाडौँ । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण आज सार्वजनीक गरेको छ । समिक्षा अवधिमा इन्स्योरेन्सले एक अर्ब २९ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । यो बीमाशुल्क आर्जन अघिल्लो वर्षको समिक्षा अवधिको तुलनामा ९.४६ प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिमा कम्पनीले एक अर्ब १८ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

चौथो त्रैमासको अवधिसम्ममा कम्पनीको खुद नाफामा सामान्य सुधार आएको छ । यस अवधिमा कम्पनीले ४७ करोड ५७ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा ४५ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको खुद नाफा ५.६८ प्रतिशतले बढेको हो ।

कम्पनीको चुक्ता पूँजी ६६.३२ प्रतिशत बढेर एक अर्ब ७५ करोड ८५ लाख रुपैयाँ पुगेको छ । यस अवधिसम्ममा कम्पनीको जगेडा तथा कोष २०.३५ प्रतिशतले घटेर ५७ करोड २० लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको बीमा कोषको आकार २२।५० प्रतिशतले बढेर १ अर्ब २९ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी घटेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ५३ पैसा घटेर २७ रुपैयाँ ५ पैसामा सिमित भएको हो । गत आवको सोही अवधिमा कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ४२ रुपैयाँ ४५ पैसा थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ १५ पैसा रहेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले १९ हजार १८१ दाबीबापत १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरेको छ । १२ हजार ९६५ दाबी बापत २ अर्ब १ करोड २ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

हालसम्म २ लाख ७१ हजार ११६ वटा बीमालेख जारी गरी कुल ३ अर्ब ९७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

२०७८ साउन ३१ गते प्रकाशित


बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४५

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ बजेट निर्माण सम्बन्धमा...

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०८१ चैत १४ बिहीवार १०:५४

काठमाडौं। ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम...

यस्तो देखियो ड्रोनबाट ग्वार्को फ्लाइओभरको (तस्बिरहरू)

यस्तो देखियो ड्रोनबाट ग्वार्को फ्लाइओभरको (तस्बिरहरू)

वि.सं.२०८१ चैत १३ बुधवार १२:०५

ललितपुर। ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ...

कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग: प्रतिपक्षीद्वारा संसद् अवरोध

कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग: प्रतिपक्षीद्वारा संसद् अवरोध

वि.सं.२०८१ चैत १३ बुधवार ११:५९

काठमाडौं । विपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा कुलमान घिसिङलाई नेपाल विद्युत्...

नबिल बैंकको कामु सीईओमा मनोज ज्ञवाली नियुक्त : ज्ञानेन्द्र ढुंगानाको राजीनामा स्वीकृत

नबिल बैंकको कामु सीईओमा मनोज ज्ञवाली नियुक्त : ज्ञानेन्द्र ढुंगानाको राजीनामा स्वीकृत

वि.सं.२०८१ चैत १३ बुधवार ११:४५

काठमाडौं । नबिल बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)...

भेरी–बबई डाइभर्सन आयोजनाको ८४ प्रतिशत प्रगति

भेरी–बबई डाइभर्सन आयोजनाको ८४ प्रतिशत प्रगति

वि.सं.२०८१ चैत १३ बुधवार ११:३५

सुर्खेत । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी बबई डाइभर्सन...