back
himalayan life

शिखर इन्स्योरेन्सको खुद बीमाशुल्क सवा १ अर्बमाथि, यस्ता छन् अन्य वित्तीय सूचकहरु

काठमाडौँ । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण आज सार्वजनीक गरेको छ । समिक्षा अवधिमा इन्स्योरेन्सले एक अर्ब २९ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । यो बीमाशुल्क आर्जन अघिल्लो वर्षको समिक्षा अवधिको तुलनामा ९.४६ प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिमा कम्पनीले एक अर्ब १८ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

चौथो त्रैमासको अवधिसम्ममा कम्पनीको खुद नाफामा सामान्य सुधार आएको छ । यस अवधिमा कम्पनीले ४७ करोड ५७ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा ४५ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको खुद नाफा ५.६८ प्रतिशतले बढेको हो ।

कम्पनीको चुक्ता पूँजी ६६.३२ प्रतिशत बढेर एक अर्ब ७५ करोड ८५ लाख रुपैयाँ पुगेको छ । यस अवधिसम्ममा कम्पनीको जगेडा तथा कोष २०.३५ प्रतिशतले घटेर ५७ करोड २० लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको बीमा कोषको आकार २२।५० प्रतिशतले बढेर १ अर्ब २९ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी घटेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ५३ पैसा घटेर २७ रुपैयाँ ५ पैसामा सिमित भएको हो । गत आवको सोही अवधिमा कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ४२ रुपैयाँ ४५ पैसा थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ १५ पैसा रहेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले १९ हजार १८१ दाबीबापत १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरेको छ । १२ हजार ९६५ दाबी बापत २ अर्ब १ करोड २ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

हालसम्म २ लाख ७१ हजार ११६ वटा बीमालेख जारी गरी कुल ३ अर्ब ९७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

२०७८ साउन ३१ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...