नेप्सेमा सुचिकृत कम्पनीहरुको बर्गिकरण, कुन कम्पनी कुन समूहमा

वि.सं.२०७८ साउन २९ शुक्रवार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेप्सेमा सूचीकृत कम्पनीहरुको वर्गिकरण गरेको छ । नेप्सेले कम्पनीहरुलाई ए, बी, जी र जेड गरी ४ समूहमा वर्गीकरण गरेको हो ।
नेप्सेको बर्गिकरण अनुसार ए समूहमा २० वटा वाणिज्य बैंक, २ वटा विकास बैंक, १ फाइनान्स कम्पनी, १ लघुवित्त संस्था र ४ वटा हाइड्रोपावर कम्पनी गरी २८ वटा कम्पनी परेका रहेकाछन् ।
त्यसैगरी बी समूहमा भने १ वाणिज्य बैंकसहित १० वटा कम्पनी परेका छन् भने जी समूहमा २७ वटा कम्पनी परेका छन् । यसैगरी जेड समूहमा १४८ वटा कम्पनी परेका छन्।
साउन १७ गते सूचीकृत कम्पनीहरुसँग वर्गीकरणका लागि आवश्यक विवरण माग गरेकोमा कम्पनीहरुबाट प्राप्त विवरणकै आधारमा सूचीकृत कम्पनीहरुको वर्गीकरण गरिएको नेप्सेले जनाएको छ।
नेप्सेले वर्गीकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्नु नपर्ने कारणसहित ३५ दिनभित्र दाबीसहितको आवेदन दिन आग्रह गरेको हो ।
२०७८ साउन २९ गते प्रकाशित

प्रकाशित समय : १२:०९ बजे