back

मानुषी लघुवित्तको आईपीओ ४८.२१ गुणा बढी आवेदन

काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा ४८.२१ गुणा बढी आवेदन परिसकेको छ । आईपीओ विक्रि खुला भएको दोस्रो दिन अर्थात आज ५ बजेसम्म आवेदन ४८.२१ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको हो ।

संस्थाले हिजो साउन २७ गतेबाट जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो।

संस्थाले १०० अंकित दरका कुल ३ लाख ९३ हजार ७५० कित्रा आईपीओ निष्कासन गरेको हो। जसमा जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५ हजार ४६९ कित्ता सेयर कर्मचारीका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशतले हुन आउने १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सीडीएससीका अनुसार दोस्रो दिन बिहीबारसम्म मानुषी लघुवित्तको आईपीओमा १३ लाख ४७ हजार ८०८ आवेदकबाट १ करोड ७७ लाख ७० हजार ३० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ४८.२१ गुणा बढी हो।

मानुषी लघुवित्तको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। यो आईपीओको निष्कासन बन्द साउन ३१ गते हुनेछ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

मानुषी लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत असार ३१ गते निष्कासनको अनुमति दिएको थियो।

२०७८ साउन २८ गते प्रकाशित


योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ असार २३ सोमवार ११:०८

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज...

कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से

कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से

वि.सं.२०८२ असार १९ बिहीवार १५:३५

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार अघिल्लो दिनको तुलनामा...

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

वि.सं.२०८२ असार १९ बिहीवार १५:१७

काठमाण्डौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि...

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार १८ बुधवार १७:०४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको...

नेप्से परिसुचक निरन्तर वृद्धि, कारोबार रकम पनि बढ्यो

नेप्से परिसुचक निरन्तर वृद्धि, कारोबार रकम पनि बढ्यो

वि.सं.२०८२ असार १७ मंगलवार १५:५३

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचकमा...