back

‘अध्यादेश बजेटले प्रदेश र स्थानीय तहको अधिकार संकुचित गरेको भए प्रतिस्थापन विधेयकमार्फत सच्याइने’

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले प्रदेश र स्थानीय तहको अधिकार कहीँ कतै संकुचित भएको भए प्रतिस्थापन विधेयकद्वारा सच्याइने बताएका छन् ।
विहीवार राष्ट्रिय सभामा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गरिसकेपछि त्यसबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले अध्यादेश बजेटमा प्रदेश र स्थानीय तहको अधिकार संकुचित हुने खालका कार्यक्रम भेटिए सुधार गर्ने प्रतिवद्धता गरेका हुन् ।

कतिपय योजनामा नीतिगत समस्या हुँदा संघ र प्रदेशबीच द्धिविधा हुने गरेको भन्दै उनले अब प्रदेश र स्थानीय तहलाई संघीयताको मर्मबमोजिम अधिकार सम्पन्न गरिने बताए । ‘कतिपय अवस्थामा संघ र पदेशबीच विवादले योजना अघि नबढेको देखियो’, उनले भने, ‘अब साना योजना प्रदेश र स्थानीय तहलाई सञ्चालन गर्न दिइनेछ । दुई चार लाखका स–साना योजना अब संघीय सरकारले सञ्चालन गर्दैन ।’

मन्त्री शर्माले आर्थिक जानकारी पत्रमा कुनै तथ्याङ्क फरक परे त्यसको जिम्मा आफुले लिने बताए । उनले भने, ‘यो देशको अनुहार मैले प्रस्तुत गरेको हो । यसमा थपघट गर्न मिल्दैन’, उनले भने, ‘तथ्याङ्कमा कतै फरक परेको रहेछ भने त्यसको जिम्मा अर्थमन्त्रीको हैसियतले म लिन तयार छु, लिनेछु ।’

मन्त्री शर्माले आफूले कुनै पनि तथ्याङ्क राजनीतिक पूर्वाग्रह राखेर प्रस्तुत नगरेको जिकिर गर्दै विगत सरकारले गरेका राम्रा कामहरुको तथ्याङ्क पनि समावेश भएको जानकारी दिए ।
सांसद्हरूले भावी योजनाका बारे पनि प्रस्ट पार्न भनेपछि उहाँले आफूले प्रस्तुत गरेको जानकारी पत्र मुलुकको यथार्थ आर्थिक अवस्था मात्र भएकाले यसमा भावी योजना नसमेटिएको बताए।

संशोधनसहित प्रतिस्थापन विधेयक मार्फत बजेटः

अर्थमन्त्री शर्माले आफूले प्रतिस्थापन विधेयक मार्फत् ल्याउने बजेटमा केही परिमार्जन हुने जानकारी दिए । पूर्ववर्ती सरकारले स्रोत सुनिश्चितता नभएका कतिपय योजनामा समेत बजेट छुट्याएकाले बजेट संशोधनसहित आउने उनले बताए । यद्यपि राष्ट्रिय गौरवका आयोजना र क्रमागत योजनालाई भने निरन्तरता दिइने प्रष्ट पारे ।

स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतारुः

कोभिड १९ महामारीको रोकथाम र नियन्त्रणका लागि सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिनुहुँदै मन्त्री शर्माले यसमा बजेटको कमी हुन नदिने प्रतिवद्धता दोहोर्याए । तुलनात्मक रुपले कम प्राथमिकताका आयोजनाहरुबाट बजेट काटेरै भएपनि स्वास्थ्य क्षेत्रमा लगाइने उनको भनाई छ ।

कृषिमा स्वदेशी लगानी, सामुदायिक विद्यालयको स्तरोन्नतिः

राष्ट्रिय सभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री शर्माले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिइने बताए । यस क्षेत्रमा स्वदेशी लगानीलाई प्रोत्साहन गरिने भन्दै उनले साना किसानलाई सहुलियतपूर्ण ऋणको व्यवस्था गरिने जानकारी दिए ।

उनले शिक्षा क्षेत्रमा हुने व्यापारलाई रोक्न सामुदायिक विद्यालयहरूको स्तरोन्नति गरिने बताए । सामुदायिक विद्यालयहरू अलि कमजोर भएकै कारण समस्या भएको र आगामी दिनमा सामुदायिक शिक्षाको गुणस्तर सुधार गर्ने खालका कार्यक्रम अघि सारिने जानकारी दिए ।

‘सरकारी विद्यालयलाई स्तरीय बनाउनुपर्छ, यसले शिक्षामा हुने व्यापारीकरण रोक्न सकिन्छ’, मन्त्री शर्माले भने ।
राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्रीले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गरिसकेपछि सांसदहरुले त्यसवारे विभिन्न प्रश्नहरु सोधेका थिए । बैठकमा खिमलाल देवकोटा, देवेन्द्र दाहाल, प्रमिलाकुमारी, ठगेन्द्र पुरी, तुलसाकुमारी दाहाल, भैरव सुन्दर श्रेष्ठ, अनिता देवकोटा, भगवती न्यौपाने, विमला राई पौडेल, कोमल वली, विमला घिमिरे, रामचन्द्र रायलगायतले जानकारी पत्रका सम्बन्धमा अर्थमन्त्रीसमक्ष जिज्ञासा राखेका थिए ।
२०७८ साउन २८ गते प्रकाशित


अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता

अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता

वि.सं.२०८१ भदौ ३१ सोमवार १०:४३

काठमाडौं ।अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी...

क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल वातावरण बन्छ : अर्थमन्त्री पौडेल

क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल वातावरण बन्छ : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:२७

काठमाडौं । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) का...

नेपाल र जापानका कम्पनीबीच सम्झौताः वैदेशिक लगानी उच्च प्राथमिकतामा रहेको मन्त्री भण्डारीको भनाइ

नेपाल र जापानका कम्पनीबीच सम्झौताः वैदेशिक लगानी उच्च प्राथमिकतामा रहेको मन्त्री भण्डारीको भनाइ

वि.सं.२०८१ भदौ २७ बिहीवार १४:२२

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले...

‘कहाँ टाल्नुपर्छ, कहाँ नट बोल्ट कस्नुपर्छ त्यो यहाँहरुलाई थाहा छ’, अर्थमन्त्री पाैडेल

‘कहाँ टाल्नुपर्छ, कहाँ नट बोल्ट कस्नुपर्छ त्यो यहाँहरुलाई थाहा छ’, अर्थमन्त्री पाैडेल

वि.सं.२०८१ भदौ २७ बिहीवार १२:३७

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा...

चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने, कुन सामानमा कति छुट पाइन्छ ?

चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने, कुन सामानमा कति छुट पाइन्छ ?

वि.सं.२०८१ भदौ २७ बिहीवार १२:२५

काठमाडौँ । चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७...

आइएफसीले नेपालमा लगानी विस्तार गर्ने

आइएफसीले नेपालमा लगानी विस्तार गर्ने

वि.सं.२०८१ भदौ २५ मंगलवार १४:५८

काठमाडौं ।अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने...