आम्दानी बढ्दा पनि घलेम्दी हाईड्रोको घाटा पौने २ करोड
वि.सं.२०७८ साउन २८ बिहीवार
काठमाडौँ । घलेम्दी हाईड्रो लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
आज सार्वजनिक वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले १ करोड ७२ लाख रुपैयाँ घाटा व्यहोरेको हो। अघिल्लो वर्षको यही अवधिको पनि कम्पनीले ३ करोड १ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
कम्पनी घाटामा भएपनि अघिल्लो वर्षको तुलनामा घाटामा सुधार आएको छ। त्यस्तै यता आम्दानीमा पनि वृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ। यस्तो आम्दानी अघिल्लो वर्षको समिक्षा अवधिमा ७५ लाख ९६ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको रिजर्भ ४ करोड ५२ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष रिजर्भमा ५ करोड ५४ लाख रुपैयाँ रहेको थियो।
चुक्तापुँजी ५५ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३.१४ रुपैयाँले ऋणात्मक रहेको छ। प्रतिसेयर नेटवर्थ ९१.७७ रुपैयाँ रहेको छ।
२०७८ साउन २८ गते प्रकाशित
प्रकाशित समय : ०५:४० बजे