back

आँधिखोला लघुवित्तको नाफा ११५.९४ प्रतिशतले बढ्यो

nactional life

काठमाडौँ । गत आर्थिक वर्षको चौथो त्रैमासमा आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

समीक्षा अवधिको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ११५.९४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा १०२.८४ प्रतिशतले बढेर ६ करोड ३१ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो मुनाफा ३ करोड ११ लाख रुपैयाँ रहेको थियो।
संस्थाको खुद ब्याज आम्दानी बढेर ८ करोड ७० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ६ करोड २७ लाख रुपैयाँ रहेको थियो।

संस्थाले ५७ करोड २५ लाख रुपैयाँ सापटी लिई १ अर्ब ५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले ३७ करोड ८० लाख रुपैयाँ सापटी लिई ७० करोड ९३ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार १०६.५८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष घ करोड ८८ लाख रुपैयाँको रिजर्भ बढेर ८ करोड १ लाख रुपैयाँको उचाइमा पुगेको छ।

चुक्तापुँजी १० करोड रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी ४१.०६ रुपैयाँ रहेको छ। पीई रेसियो ११।३२ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १८०.१८ रुपैयाँ रहेको छ।

२०७८ साउन २५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:३०

काठमाडौं । प्रतिनिधिसभामा सुरू भएको बजेटमाथिका छलफलमा रास्वपाका सांसद डा....

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३३

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यधिक र ब्याकलग बन्दै...

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४१

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...