सिभिल लघुवित्तको नयाँ शाखा काठमाडौँ शेषमतिमा
वि.सं.२०७८ साउन २४ आइतवार
काठमाडौँ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले काठमाण्डौको तारकेश्वर नगरपालिकास्थित शेषमतिमा नयाँ शाखा विस्तार गरेको छ ।
काठमाडौँमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको यस लघुवित्त वित्तीयले आफ्ना शाखा विस्तार गर्ने क्रममा शेषमतिमा नयाँ एक शाखा थपेको हो । यो सँगै कार्यालयसहित २९ जिल्लामा ६४ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ।
‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिंदै संस्थाले विपन्न वर्गका समुदायहरुको समृद्धिमा टेवा पुर्याउने उद्देश्यका साथ आफ्ना सेवाहरु ५१ हजार घरपरिवारमा पुर्याएको छ।
२०७८ साउन २४ गते प्रकाशित
प्रकाशित समय : ०८:२७ बजे