back

छोटो समयमा धेरै स्मार्टफोन बिक्रि गर्ने ब्राण्ड बन्यो रियलमी

काठमाडौँ । विश्वमा नै सबैभन्दा छिटो धेरै स्मार्ट फोन बिक्रि गरेर रियलमीले रेकर्ड राखेको छ । स्ट्राटेजी अनालितिक्सको बजार अध्ययनले ३ वर्षमा सबैभन्दा छिटो लक्ष्यमा पुग्ने स्मार्टफोन ब्रान्ड रियमली भएको देखाएको हो। उदयमान प्रविधि कम्पनीका रुपमा देखिएको रियलमीले आजसम्ममा विश्वभर १० करोड स्मार्टफोन बिक्री गरेको हो ।

विगत दुई वर्ष यता देखि नै कोभिड महामारीले अर्थतन्त्र चलायमान हुन अवरोध पुर्याएपनि रियलमीले भने बजार तीव्र रुपमा विस्तार गरेको हो ।
२०२१ को दोस्रो क्वाटरमा सबैभन्दा चाँडो बजार विस्तार गर्ने स्मार्टफोन ब्रान्डका रुपमा रियलमी देखिएकोमा अन्तर्राष्ट्रिय तथ्यांक निगम (आईडीसी) का अनुसार यसको वार्षिक बजार विस्तार दर १४९ प्रतिशत रहेको छ।

५जी विस्तारमा आक्रामक देखिएको रियमलीले २०२१ को दोस्रो क्वाटरमा भारतको २२ प्रतिशत हिस्सा ओगटेको काउन्टरपोइन्टको रिपोर्टले देखाएको छ। यसका अतिरिक्त रियलमीले २०२१ को दोस्रो क्वाटरमा १४० प्रतिशतले वार्षिक बजार वृद्धि गरी भारतीय स्मार्टफोन बजारको चौथो स्थानमा आफूलाई स्थापित गरेको छ।

विश्वमा रियलमीले गरेको बजार विस्तार र रियलमीको व्यापार रणनीतिलाई यस रिपोर्टले प्रमाणित गरेको हो। ३ वर्षअघि मात्रै २०१८ मा स्थापित रियलमी हाल विश्वको सातौँ ठूलो स्मार्टफोन ब्रान्ड बनिसकेकोमा विश्वभर ६१ भिन्न बजारमा उपलब्ध छ भने बंगलादेश र फिलिपिन्समा पहिलो, भारत र रसियामा चौँथौँ र युरोपियन बजारको केही क्षेत्रमा पाँचौँसहित १३ वटा बजारमा यसको टप ५ स्मार्टफोनभित्र रहेको छ। १० करोड माइलस्टोनका साथ विश्वमा शानदार उपस्थित जनाएको रियलमी उदयीमान नवीनतम् ब्रान्ड हो, किनकी हरेक क्षेत्रमा यसले आफ्नो अगाडि ‘नेतृत्वकर्ता’ वा ब्रान्डमा ‘पहिलो’ थपेको छ।

यसअघि नै १२५ वाटको अल्ट्राडार्ट चार्जिङ प्रविधि पहिलोपटक प्रयोग गर्ने र क्वालकम स्न्यापड्रागन ८८८ प्रोसेसरलाई पहिलोपटक प्रयोगमा ल्याइ रियलमीले आफ्नो एउटा परिचय बनाइसकेको छ। यो फोन ६४ मेगापिक्सल क्यामेरासँग आउँछ। अभm रियलमी फाइभजी फोन नेरु।२४ हजारभन्दा कम मूल्यमा बेच्ने कम्पनी हो।

विश्वमा युवापुस्तालाई लक्षित गर्दै युवा उद्यमीलाई लिएर रियलमीले विभिन्न स्थापित ब्रान्ड निर्माण गरिरहेको छ। ‘हाम्रा प्रतिस्पर्धी ग्रुपसँग प्रतिस्पर्धाको साहस दिँदै हामीसँग जोडिएका हाम्रा उपभोक्ता र कर्मचारीले हामीलाई चुनौतीदेखि उन्नतिसम्मको हौसला दिँदै ट्रेन्डसेटिङ ब्रान्ड बन्न उत्प्ररेणा दिनुभएको छ’, कम्पनीका सीईओ स्काई लिले भने।

‘बितेका ३ वर्षमा औद्योगिक भावनाका साथ एउटा उचाइ चुम्न रियलमीले अदम्य वृद्धि गरेको छ’, लीले भने, ‘हामीलाई साथ दिने उपभोक्ताप्रति हामी आभारी छौँ, १० करोड मोबाइल फोन ढुवानी गर्ने हाम्रो लक्ष्यमा हामी पुगेका छौँ।’

स्मार्टफोन बजारमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउँदै सीईओ लीले विश्वमा आफ्ना उपभोक्तालाई सुलभ मूल्यमा प्रिमियम रेन्जका मोबाइल फोन उपलब्ध गराउने प्रतिबद्ध जाहेर गरे। लीले आगामी २०२२ मा १० करोड रियलमीका मोबाइल फोन बिक्री गर्ने र २०२३ भित्र संसारभर थप १० करोड स्मार्टफोन सेट ढुवानी गर्ने दोहोरो माइल्स्टोन प्राप्त गर्ने दाबी गरे।

प्राप्त उपलब्धिमाथि आफ्नो धारणा राख्दै रियमलीका उपाध्यक्ष तथा भारत तथा युरोपका लागि सीईओ माधव शेठले भने, ‘चुनौतीदेखि उन्नतिसम्मको नाराका साथ रियमली सधैँ नम्बर वान ब्रान्ड बन्ने लक्ष्य राख्दछ, यसमा हाम्रा उपभोक्ताहरुले एक महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। आजका दिनमा रियमली संसारभर तीव्र १० करोड स्मार्टफोन ढुवानी गर्ने पहिलो स्मार्टफोन कम्पनी बनेको छ, हामी सधैँ हाम्रा उपभोक्तालाई उत्कृष्ट सेवा दिनेमा प्रतिबद्धता व्यक्त गर्दछौँ।’

यी उपलब्धि हासिल गर्न कम्पनीले व्यापक उत्पादन विकास रणनीति लिएको छ, जसलाई २ तरिकाले विस्तार गर्ने योजना कम्पनीको छ। हालै फ्लागसिप जीटी सिरिजलाई फ्लागसिप किलरमा रुपान्तरण गर्दै रियलमीले मध्यमदेखि उच्च वर्गलाई लक्षित गर्दै उत्तर युरोप तथा चीनमा पठाएको छ।

यसैगरी कम्पनी आगामी ५ वर्षभित्र विश्वमा प्रविधि प्रयोगकर्ताका लागि पूर्ण एआईओटी ब्रान्ड उपलब्ध गराउने रणनीतिसमेत लिएर अघि बढेको छ। १ं५ंत् रणनीति (जहाँ १ भनेको मोबाइल फोन, ५ भनेको वाइरलेस स्टेरियो एयरफोन, वेरबल, टीभी, ट्याब्लेट, ल्यापटप र टी भनेको एआईओटीको टेकलाइफ हो) अनुसार कम्पनी अघि बढेको छ। रियलमी आफ्नो उपभोक्तामाझ टेक्नोलोजीले सुधारिएकोे जीवनशैली किफायती मूल्यमा प्रदान गर्छ।
२०७८ साउन २२ गते प्रकाशित


अब बजारमा हुने चलखेल र म्यानुपुलेसनलाई नियन्त्रण गर्नै पर्छ : पूर्वअर्थमन्त्री महत

अब बजारमा हुने चलखेल र म्यानुपुलेसनलाई नियन्त्रण गर्नै पर्छ : पूर्वअर्थमन्त्री महत

वि.सं.२०८१ मंसिर २७ बिहीवार ११:५१

काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले शेयर बजारमा म्यानुपुलेसनका कारण कमजोर...

पहिरोबाट मृत्यु भएका परिवारलाई अटोमोटिभ ब्यवसायी एसोसियसनको सहयोग

पहिरोबाट मृत्यु भएका परिवारलाई अटोमोटिभ ब्यवसायी एसोसियसनको सहयोग

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १६:२८

काठमाडौँ । नेपाल अटोमोटिभ ब्यवसायी एसोसियसनले काभ्रेमा पहिरोबाट ज्यान गुमाएहरुको...

सुनको मूल्य ६०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ६०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १०:४९

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने...

चीन सरकारले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा

चीन सरकारले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा

वि.सं.२०८१ मंसिर १९ बुधवार १०:५५

बेइजिङ । चीन सरकारले नेपाललाई पाँच सय मिलियन आरएमबी करिब...

सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ मंसिर १८ मंगलवार १०:५२

काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको...

सरकारले चार महिनामा दुग्ध किसानलाई १ खर्ब ३० करोड भुक्तानी गर्योः कृषिमन्त्री

सरकारले चार महिनामा दुग्ध किसानलाई १ खर्ब ३० करोड भुक्तानी गर्योः कृषिमन्त्री

वि.सं.२०८१ मंसिर १३ बिहीवार १७:४७

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकार...