back

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ भोलीदेखि बिक्रि खुला

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले भोलिदेखि बिक्रि खुला हुन लागेको छ । इन्स्योरेन्सको भोली (साउन २० गते) बाट ६० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले १०० अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सानिमा लाइफको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

यो आईपीओको निष्कासन बन्द छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गते बैंकिङ समयपछि हुनेछ। सानिमा लाइफको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

२०७८ साउन १९ गते प्रकाशित


चीनले उत्पादन गर्यो क्यान्सरको नयाँ औषधि: अमेरिकालाई चुनौति

चीनले उत्पादन गर्यो क्यान्सरको नयाँ औषधि: अमेरिकालाई चुनौति

वि.सं.२०८१ चैत ५ मंगलवार १४:५४

चिनियाँ कम्पनीले विकास गरेको नयाँ क्यान्सर औषधिले विश्वव्यापी ध्यान खिचेको...

मौसम पूर्वानुमान: केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

मौसम पूर्वानुमान: केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

वि.सं.२०८१ चैत ५ मंगलवार १०:४८

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट: १ लाख ८४ हजारले पाए १० कित्ता शेयर

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट: १ लाख ८४ हजारले पाए १० कित्ता शेयर

वि.सं.२०८१ चैत ५ मंगलवार १०:१४

काठमाडौं। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको...

सेयर बजारमा गिरावट, यी हुन् सर्वाधिक गुमाउने कम्पनि

सेयर बजारमा गिरावट, यी हुन् सर्वाधिक गुमाउने कम्पनि

वि.सं.२०८१ चैत ४ सोमवार १५:५९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नागरिक लगानी कोषको रकम नागरिकको हितका लागि उपयोग गर्नुपर्छः अर्थसचिव उपाध्याय

नागरिक लगानी कोषको रकम नागरिकको हितका लागि उपयोग गर्नुपर्छः अर्थसचिव उपाध्याय

वि.सं.२०८१ चैत ४ सोमवार १३:४१

काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले नागरिक लगानी कोषको रकम नागरिकको...

क्रेस्ट माइक्रो लाइफको आइपीओ चैत ५ गते बाँडफाँड हुँदै

क्रेस्ट माइक्रो लाइफको आइपीओ चैत ५ गते बाँडफाँड हुँदै

वि.सं.२०८१ चैत ४ सोमवार ११:०३

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ मंगलबार चैत ५...