back

मैलुङ खोला जलविद्युतको आईपीओ आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिने हो ।

कम्पनीको आईपिओमा आइतबार ५ बजेसम्मको तथ्याङ्क अनुसार १७ लाख ७६ हजार ७११ सय जना आवेदकले २ करोड ४१ लाख ६३ हजार ४८० कित्ताका लागी आवेदन दिएका छन् । यो माग गरिएको भन्दा ३५.२८ गुणा बढी आवेदन परेको हो ।

कम्पनी लिमिटेड बिहीबारदेखि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ, भने बाँकी ६ लाख ८४ हजार ७४६ कित्तामा सर्वसाधारणका लागी छुट्याइएको छ ।

लगानीकर्ताले आईपीओमा न्यूनतम १० र अधिकतममा १ लाख कित्तासम्मका आवेदन दिनसक्नेछन् । लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछन् भने अनलाईन मार्फत मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ ।

कम्पनीको आईपीओ छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गते बन्द गरिनेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । धितोपत्र बोर्डले कम्पनीलाई गत असार २३ गते आईपीओ निष्कासन गर्न अनुमपति दिएको थियो ।

२०७८ साउन १८ गते प्रकाशित


चीनले उत्पादन गर्यो क्यान्सरको नयाँ औषधि: अमेरिकालाई चुनौति

चीनले उत्पादन गर्यो क्यान्सरको नयाँ औषधि: अमेरिकालाई चुनौति

वि.सं.२०८१ चैत ५ मंगलवार १४:५४

चिनियाँ कम्पनीले विकास गरेको नयाँ क्यान्सर औषधिले विश्वव्यापी ध्यान खिचेको...

मौसम पूर्वानुमान: केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

मौसम पूर्वानुमान: केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

वि.सं.२०८१ चैत ५ मंगलवार १०:४८

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

नागरिक लगानी कोषको रकम नागरिकको हितका लागि उपयोग गर्नुपर्छः अर्थसचिव उपाध्याय

नागरिक लगानी कोषको रकम नागरिकको हितका लागि उपयोग गर्नुपर्छः अर्थसचिव उपाध्याय

वि.सं.२०८१ चैत ४ सोमवार १३:४१

काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले नागरिक लगानी कोषको रकम नागरिकको...

स्वास्थ्य मन्त्रालय र डा. सन्दुक रुइत नेतृत्वको तिलगंगा प्रतिष्ठानबीच सम्झौता

स्वास्थ्य मन्त्रालय र डा. सन्दुक रुइत नेतृत्वको तिलगंगा प्रतिष्ठानबीच सम्झौता

वि.सं.२०८१ चैत ३ आइतवार २०:०९

काठमाडौं । आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच बढाउन भन्दै...

मन्त्रालयहरु र राष्ट्रिय योजना आयोगसँगको समन्वयमा बजेट आउँछ: अर्थमन्त्री पौडेल

मन्त्रालयहरु र राष्ट्रिय योजना आयोगसँगको समन्वयमा बजेट आउँछ: अर्थमन्त्री पौडेल

वि.सं.२०८१ चैत ३ आइतवार १८:२६

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय, सम्बन्धित...

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने निर्णय

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने निर्णय

वि.सं.२०८१ चैत ३ आइतवार १७:४४

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका...