back
himalayan life

बीमा कम्पनीलाई भदौ १ गतेबाट ‘गो एएमएल’ अनिवार्य

काठमाडौँ । बीमा कम्पनीहरुलाई भदौ १ गतेदेखि ‘गो एएमएल’ अनिवार्य हुने भएको छ ।

बीमा समितिले साउनदेखि नै लागु हुने गरी ‘गो एएमएल’ सफ्टवयरमार्फत् वित्तीय कारोबारको रिपोर्टिङ गर्नुपर्ने व्यवस्था गरेको हो । उक्त सफ्टवयरमार्फत वित्तीय कारोबार रिपोर्टीङ गर्नुपर्ने व्यवस्था लागु गरिएपनि बीमा कम्पनीका कर्मचारीलाई तालिम दिनुपर्ने भएकाले एक महिनाको समय दिइएको समितिले जनाएको छ ।

अहिले बीमा समितिले विभिन्न बीमा कम्पनीका कर्मचारीलाई उक्त सफ्टवयर प्रयोग गर्नेबारे तालिम दिइरहेको छ । संयुक्त राष्ट्र संघको लागुऔषध तथा अपराधसम्बन्धी कार्यालयले निर्माण गरेको उक्त सफ्टवयर विश्वभर राज्यका निकायले वित्तीय अनुसन्धानमा प्रयोग गरिरहेका छन् ।

यो सफ्टवयरको प्रयोग पछि बीमा कम्पनीले गर्ने वित्तीय कारोबारको सूचना तत्कालै नेपाल राष्ट्र बैंकमा भएको वित्तीय सूचना एकाइमा पुग्छ । कानून अनुसार १० लाखभन्दा बढी रकमको कारोबार एकै पटक हुँदा त्यस्तो कारोबारलाई उक्त एकाईले अनुसन्धान गर्न सक्छ । ठूलो रकम एकल प्रिमियमबाट तिर्दा वा आयस्रोतभन्दा बढी रकमको बीमा गर्दा पनि यस्तो सूचनामा अब राज्यले छानबिन गर्न सक्छ ।

२०७८ साउन १५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...