back

बीमा कम्पनीलाई भदौ १ गतेबाट ‘गो एएमएल’ अनिवार्य

काठमाडौँ । बीमा कम्पनीहरुलाई भदौ १ गतेदेखि ‘गो एएमएल’ अनिवार्य हुने भएको छ ।

बीमा समितिले साउनदेखि नै लागु हुने गरी ‘गो एएमएल’ सफ्टवयरमार्फत् वित्तीय कारोबारको रिपोर्टिङ गर्नुपर्ने व्यवस्था गरेको हो । उक्त सफ्टवयरमार्फत वित्तीय कारोबार रिपोर्टीङ गर्नुपर्ने व्यवस्था लागु गरिएपनि बीमा कम्पनीका कर्मचारीलाई तालिम दिनुपर्ने भएकाले एक महिनाको समय दिइएको समितिले जनाएको छ ।

अहिले बीमा समितिले विभिन्न बीमा कम्पनीका कर्मचारीलाई उक्त सफ्टवयर प्रयोग गर्नेबारे तालिम दिइरहेको छ । संयुक्त राष्ट्र संघको लागुऔषध तथा अपराधसम्बन्धी कार्यालयले निर्माण गरेको उक्त सफ्टवयर विश्वभर राज्यका निकायले वित्तीय अनुसन्धानमा प्रयोग गरिरहेका छन् ।

यो सफ्टवयरको प्रयोग पछि बीमा कम्पनीले गर्ने वित्तीय कारोबारको सूचना तत्कालै नेपाल राष्ट्र बैंकमा भएको वित्तीय सूचना एकाइमा पुग्छ । कानून अनुसार १० लाखभन्दा बढी रकमको कारोबार एकै पटक हुँदा त्यस्तो कारोबारलाई उक्त एकाईले अनुसन्धान गर्न सक्छ । ठूलो रकम एकल प्रिमियमबाट तिर्दा वा आयस्रोतभन्दा बढी रकमको बीमा गर्दा पनि यस्तो सूचनामा अब राज्यले छानबिन गर्न सक्छ ।

२०७८ साउन १५ गते प्रकाशित


नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने समय थप

नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने समय थप

वि.सं.२०८१ फागुन २८ बुधवार ११:०७

काठमाडौं। नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि निष्काशन तथा...

किर्ते पिच्छे किर्ते गर्दै एनआईसी एशिया बैंक, अध्यक्ष अग्रवालकै संलग्नता

किर्ते पिच्छे किर्ते गर्दै एनआईसी एशिया बैंक, अध्यक्ष अग्रवालकै संलग्नता

वि.सं.२०८१ फागुन २८ बुधवार ०९:४०

विराटनगर। जग्गासम्बन्धी किर्ते कार्यमा एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालको...

आर्थिक वर्ष २०८२/०८३ बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने

आर्थिक वर्ष २०८२/०८३ बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने

वि.सं.२०८१ फागुन २७ मंगलवार २२:२६

काठमाडौं । सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलियतलाई...

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८१ फागुन २७ मंगलवार २२:१९

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१ औं वार्षिक साधारणसभा सम्पन्न...

राष्ट्र बैंकद्वारा हालको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक, मुद्रास्फीति ४.१६ प्रतिशत

राष्ट्र बैंकद्वारा हालको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक, मुद्रास्फीति ४.१६ प्रतिशत

वि.सं.२०८१ फागुन २७ मंगलवार ०९:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को...

७ महिनामा भित्रियाे ९ खर्ब रेमिट्यान्स

७ महिनामा भित्रियाे ९ खर्ब रेमिट्यान्स

वि.सं.२०८१ फागुन २६ सोमवार १८:०४

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा ९ खर्ब रेमिट्यान्स...