back
Naima

बेनी अस्पताललाई आर्थिक सहयोग

काठमान्डौँ । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेका यामबहादुर केसी र हरिकला केसीको परिवारले बेनी अस्पताललाई ३ लाख ७१ हजार मूल्य बराबरको सहयोग गरेका छन् ।

दिवङ्गत छोरा डा. मङ्गल केसीको १२ औँ स्मृतिमा घरपरिवारले बेनी अस्पताललाई ६ थान सेमिफोल्डिङ बेड सेट, ६ थान फुट स्टेप, ६ थान डिलक्स बेड साइड लकर सहयोग गरेका हुन् ।

आज अस्पतालमा आयोजित कार्यक्रममा दिवङ्गत केसीका हजुरबुबा टेकबहादुर, आमा हरिकला, फूपु जुनेली थापा र मामा बेलबहादुर कटुवालले अस्पतालका प्रमुख डा जीतेन्द्र कँडेललाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

‘‘पछि परेका समुदायका नागरिकको उपचार गरी सेवा गर्ने उहाँको चाहना थियो, तर चाहना पूरा हुन पाएन, कम्तीमा उहाँले राखेको उद्देश्यलाई घरपरिवारले पनि त पूरा गरिदिन सक्छौँ भनेर अस्पताललाई सहयोग गरिएको हो’’, बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका दिवङ्गत केसीका मामा बेलबहादुर कटुवालले भने।

उक्त अवसरमा केसीका घरपरिवारले बेनी अस्पतालमा उपचाररत बिरामीलाई फलफूलसमेत वितरण गर्नुभएको थियो भने अस्पतालका प्रमुख डा. कँडेलले नयाँ वार्ड सञ्चालनको लागि आवश्यक सामग्रीको बन्दोबस्त मिलाइदिएकोमा केसीका परिवारलाई धन्यबाद दिँदै प्राप्त सामग्रीको सही उपयोग र संरक्षण गरिने बताए । गण्डकी प्रदेश सरकारमार्फत उपलब्ध भएको रु ३५ लाख बजेटबाट बेनी अस्पतालमा १२ श्यया देखि १५ श्यया क्षमतासम्म वार्ड सञ्चालन गर्न सकिने भवन निर्माण भएको छ ।

२०७८ साउन १२ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०१

काठमाडौँ । पछिल्लो समय देशको आर्थिक गतिविधि सुस्त बनिरहेका बेला...

राष्ट्र बैंक ऐन संशोधन विधेयक: गभर्नरको कार्यकाल तीनदेखि पाँच वर्षसम्म राख्न सांसदहरूको सुझाव

राष्ट्र बैंक ऐन संशोधन विधेयक: गभर्नरको कार्यकाल तीनदेखि पाँच वर्षसम्म राख्न सांसदहरूको सुझाव

वि.सं.२०८३ साउन २० बुधवार १८:१९

काठमाडौँ । अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई...