back

मोरङमा एक वर्षमा ५२ व्यावसायिक फर्ममाथि कारवाही

मोरङ । जिल्लामा सञ्चालनमा आएका ५२ व्यावसायिक फर्म गत एक आर्थिक वर्षमा कारबाहीमा परेका छन् ।
वाणिज्य, आपूिर्त तथा उपभोक्ता संरक्षण कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७७÷७८ मा २०२ व्यावसायिक फर्ममा अनुगमन गरिएकामा सो सङ्ख्याका फर्ममा कारवाहीमा परेका हुन् ।

तीमध्ये विराटनगरस्थित जैसानी ट्रेड कन्सर्न, विके मसला उद्योग सेन्ट्रल बजार प्रालि, कटहरीस्थित अंश लघु घरेलु उद्योग बूढीगङ्गास्थित विज्ञान फर्मेसी र इटहरीस्थित विनिता सर्जिकल हाउस रु दुई लाख वा सोभन्दा बढी जरिवानामा परेका थिए ।

ती फर्मबाट रु १९ लाख पाँच हजार जरिवाना असुल गरिएको कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलले बताए। कार्यालयले आर्थिक वर्ष २०७६÷७७ मा २२ फर्ममाथि कारवाही गरी नौ लाख २५ हजार जरिवाना गरेको थियो ।

यसैबीच गत आर्थिक वर्षमा एक हजार ८३९ नयाँ फर्म दर्ता भएकामा तीन हजार ३०६ फर्मको नवीकरण÷ संशोधन र दुईसय फर्म खारेजीमा परेको कार्यालयले जनाएको छ । यस प्रदेशको १४ जिल्ला कार्यक्षेत्रभित्र परे पनि विगतका वर्षमा मोरङमा मात्र कार्यालयले अनुगमन गर्दै आएकामा गत आर्थिक वर्ष सुनसरी, झापा, धनकुटा, इलाम, पाँचथर र उदयपुर जिल्लाका व्यावसायिक फर्ममा अनुगमन गरेको थियो ।

२०७८ साउन ६ गते प्रकाशित


नयाँ गभर्नरको घोषणा– सरकारलाई सहयोग गर्छु, मेरो पेल्ने नीति हुँदैन

नयाँ गभर्नरको घोषणा– सरकारलाई सहयोग गर्छु, मेरो पेल्ने नीति हुँदैन

वि.सं.२०८२ जेठ ७ बुधवार १२:०८

काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्व पौडेलले सरकारले बनाएको...

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

वि.सं.२०८२ जेठ ७ बुधवार ११:५९

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका...

नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

वि.सं.२०८२ जेठ ७ बुधवार ११:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले...

नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

वि.सं.२०८२ जेठ ६ मंगलवार १९:४६

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई...

राष्ट्रिय योजना आयोगमा नीति संवाद कार्यक्रम सम्पन्न

राष्ट्रिय योजना आयोगमा नीति संवाद कार्यक्रम सम्पन्न

वि.सं.२०८२ जेठ ५ सोमवार २०:१८

काठमाडौँ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२÷८३ को...

मन्त्रिपरिषद्को बैठक बस्दै: गभर्नर नियुक्त हुन सक्ने

मन्त्रिपरिषद्को बैठक बस्दै: गभर्नर नियुक्त हुन सक्ने

वि.सं.२०८२ जेठ ५ सोमवार १०:२१

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सोमबार बस्दैछ । आजको बैठक नियमित...