back

एनएसीलाई सातामा १२ र हिमालयनलाई १४ उडान भर्ने अनुमति

nactional life

काठमाडौँ। सरकारले अन्तर्राष्ट्रिय हवाइ सेवा अन्तर्गतको उडान एनएसीलाई साताको १२ र हिमालयनलाई १४ उडान भर्ने अनुमति दिएको छ । कोभिडपछि सञ्चालनमा आएको हवाई सेवा पहिलाको भन्दा उडान संख्या दोब्बर बढाइएको हो । यसअघि सातामा दुई दर्जनमात्रै उडान भर्न अनुमति दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले अब ५३ उडान भर्ने तालिका स्वीकृत गरेको छ ।

नयाँ तालिका अनुसार गन्तव्य नथपिए पनि उडान संख्या बढाइएको हो । यसअघि नै उडान खुला गरिएका गन्तव्इमध्ये भारत बाहेकका मुलुकमा हुने उडान संख्या थपिएको प्राधिकरणले जनाएको छ । नयाँ उडान तालिका अनुसार सबैभन्दा धेरै उडान कतारको दोहामा हुने छ ।

दोहाका लागि नेपालबाट राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स र कतार एयरवेजले हरेक दिन उडान भर्ने छन् । हिमालय एयरलाइन्सको जहाज भने सोमबार, बुधबार र शनिबार दोहाका लागि उड्ने छ । यूएईको दुबईमा नेपाल एयरलाइन्सले सातामा २ दिन, हिमालय एयरलाइन्सले ३ दिन र फ्लाइ दुबइले ३ दिन उडान गर्ने अनुमति पाएका छन् ।

साउदी अरेबियाको दमाममा भने सातामा ४ उडान भर्ने अवसर हिमालय एयरलाइन्सले पाएको छ । हिमालयनले आइतबार, सोमबार, बुधबार र शुक्रबार दमाम उडाउने छ । हिमालयनलाई सातामा १४ उडान भर्ने अनुमति दिइएको छ । नेपाल एयरलाइन्सलाई सातामा १२ उडान भर्ने अनुमति दिइएको छ ।

मलेसियाको क्वालालाम्पुरमा नेपाल एयरलाइन्सले बुधबार र शनिबार गरि सातामा दुई उडान गर्नेछ । हिमालयनले बिहीबार, शुक्रबार र शनिबार क्वालालाम्पुर उडानको अनुमति पनि पाएको छ । सिंगापुर एयरको जहाज हरेक आइतबार काठमाडौं आउने छ ।

प्राधिकरणले सार्वजनिक गरेको सूचीअनुसार भारतको राजधानी नयाँ दिल्लीमा सातामा दुई उडान मात्र हुनेछ । एयर इण्डियाले सोमबार र नेपाल एयरलाइन्सले बुधबार उडान भर्ने छन् । टर्कीको इस्तानबुलमा टर्किश एयरलाइन्सले सोमबार, बिहीबार र शनिबार जहाज उडाउने छ ।

कुवेतमा आइतबार र शुक्रबारबाहेक साताका पाँचै दिन जजिरा एयरवेजको जहाज उड्ने छ । सलाम एयरले ओमानको मस्कटमा सोमबार, बुधबार र शनिबार गरी कुल तीन उडान गर्ने अनुमति पाएको छ । एयर अरेबियाले आइतबार र मंगलबार आबुधाबी उडाउने तालिका पाएको छ । कोरोना भाइरसको महामारीको अवस्था हेरी तोकिएको तालिकामा थपघट हुनसक्ने प्राधिकरणले बताएको छ ।

२०७८ असार २६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४१

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२५

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् शक्तिको कारोबार गर्ने...

बढ्दो अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ६० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचिँदै

बढ्दो अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ६० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचिँदै

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२१

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता...

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

स्वास्थ्य मन्त्री निशा मेहताको कडाइ : ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने

स्वास्थ्य मन्त्री निशा मेहताको कडाइ : ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशन...