back

सिन्धुलीका १४६ जनालाई जग्गाधनी पुर्जा वितरण

सिन्धुली । सिन्धुलीका लालपुर्जा नभएका १४६ जनाले जग्गाधनी पुर्जा पाएका छन् । नापी कार्यालयले गाउँब्लकमा रहेका जग्गाको जग्गाधनीलाई पुर्जा वितरण गरेको हो।

जिल्लामा गाउँब्लकमा रहेका जग्गाको लालपुर्जा वितरण आदेश भएका जग्गाधनीलाई पुर्जा वितरण गरिएको नापी कार्यालय सिन्धुलीका सूचना अधिकारी विष्णु बडालले जानकारी दिए। उनले भने, “कार्यालयलाई १४६ वटा जग्गाधनी पुर्जा वितरणको आदेश आएको थियो हामीले आर्थिक वर्ष २०७७÷७८ को लक्ष्यअनुसार हामीले पुर्जा वितरण गरिसकेका छौँ ।”

“नाप नक्सा भएका २५० गाउँब्लकको तीन हजार ३८२ कित्ता सङ्ख्याको जग्गाधनी पुर्जा वितरण गरेका छौँ”, उनले भने । यस आवमा नापी कार्यालयले १२४ वटा स्रेस्ता हस्तान्तरण गरेको उनले जानकारी दिए ।

दुई हजार ५०३ कित्ता सङ्ख्या दर्ता भइसकेको र अब ८७९ कित्ता दर्ता हुन बाँकी रहेको छ । कार्यालयले यस आवको शुरुदेखि हालसम्म गोलन्जोर गाउँपालिकाको खुर्कोटमा १३, भुवनेश्वरीमा छ, सुनकोशी गाउँपालिकाको मझुवामा २२, तीनपाटन गाउँपालिकाको रानीचुरीमा आठ, बेलघारीमा २५, भीमस्थानमा ६७ र बाहुनतिल्पुङमा चार जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको सूचना अधिकारी बडालले जानकारी दिए।

साथै कार्यालयले मरिण गाउँपालिकाको कल्पवृक्षमा आठ, दुधौली नगरपालिकाको निपानेमा १५ र घ्याङलेख गाउँपालिकाको बस्तीपुरमा आठ जनालाई जग्गाधनी पुर्जा वितरण गरेको उनको भनाइ छ । साविक भीमस्थान, बेलघारी, भीमेश्वर, भुवनेश्वरी, मझुवा, बस्तीपुर, कल्पवृक्ष, निपानेलगायतका गाउँ विकास समितिमा रहेका २० वटा गाउँब्लकको जग्गाधनी पुर्जा वितरण गरिएको उनको भनाइ छ ।

रानीवास, क्यानेश्वर, तीनपाटनलगायत अन्य स्थानमा दर्ता बाँकी रहेकाले आगामी आवमा दर्ता गर्ने कार्यालयको लक्ष्य रहेको बताए । यस आवमा वितरण गरिएका जग्गाधनी पुर्जाको स्रेस्ता आगामी आवमा मालपोत कार्यालयलाई हस्तान्तरण गर्नेछन् ।

२०७८ असार २२ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...