back

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा खुल्दाकै दिन २२ गुणा धेरै आवेदन

काठमाडौँ । मनकामना स्मार्ट लघुवित्तको आईपीओमा निष्काशन खुला गरेकै दिन ६ लाखले आवेदन दिएका छन् । बिहीबार साँझ ५ बजेसम्मको तथ्याङ्क अनुसार ५ लाख ८८ हजार ३७२ जनाले ७९ लाख ५३ हजार ८७० कित्ताको लागि आवेदन दिएको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । यो माग गरिएको भन्दा २२ गुणा बढी आवेदन परेको हो ।

संस्थाले बिहीबारदेखि १ सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।

जसमा ६ हजार ५८ कित्ता कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई र बाँकि ३ लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणका लागी छुट्याइएको छ ।

संस्थाको उक्त आईपीओमा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर कम्पनीको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपिओमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म आवेदन दिन सकिने छ ।

२०७८ असार १७ गते प्रकाशित


मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

वि.सं.२०८१ चैत १ शुक्रवार १४:४२

काठमाडौं । विगतका केही दिनदेखि राजधानीमा वर्षा र बादलको प्रभाव...

यात्रुबाहक बस दुर्घटना : २० भन्दा बढी घाइते

यात्रुबाहक बस दुर्घटना : २० भन्दा बढी घाइते

वि.सं.२०८१ चैत १ शुक्रवार ११:१९

जनकपुर । जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको...

७ दिनपछि बढ्यो नेप्से, कति भयो कारोबार ?

७ दिनपछि बढ्यो नेप्से, कति भयो कारोबार ?

वि.सं.२०८१ फागुन २८ बुधवार १५:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द...

किर्ते पिच्छे किर्ते गर्दै एनआईसी एशिया बैंक, अध्यक्ष अग्रवालकै संलग्नता

किर्ते पिच्छे किर्ते गर्दै एनआईसी एशिया बैंक, अध्यक्ष अग्रवालकै संलग्नता

वि.सं.२०८१ फागुन २८ बुधवार ०९:४०

विराटनगर। जग्गासम्बन्धी किर्ते कार्यमा एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालको...

आर्थिक वर्ष २०८२/०८३ बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने

आर्थिक वर्ष २०८२/०८३ बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने

वि.सं.२०८१ फागुन २७ मंगलवार २२:२६

काठमाडौं । सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलियतलाई...

सेयर बजारमा दोहोरो अंकको गिरावट, कति भयो कारोबार ?

सेयर बजारमा दोहोरो अंकको गिरावट, कति भयो कारोबार ?

वि.सं.२०८१ फागुन २७ मंगलवार १५:२६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...