back

सरकारले उत्कृष्ट १५ करदातालाई सम्मान

काठमाडौं – सरकारले उत्कृष्ट १५ करदातालाई सम्मान गरेको छ । करदातालाई प्रोत्साहित गर्ने उद्देश्यले उत्कृष्ट करदातालाई सम्मान गरेको हो ।

१. छिमेक लघुवित्त वित्तीय संस्था
सरकारले सहकारी तथा लघुवित्तमध्ये सबैभन्दा बढी कर तिर्ने छिमेक लघुवित्त वित्तीय संस्थालाई सम्मान गरेको छ । छिमेकलाई आन्तरिक राजश्व विभागले संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चोलराज शर्मा जोशीलाई सम्मान पत्र हस्तान्तरण गरेको हो । छिमेकले आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी ४१ करोड आयकर बुझाएको थियो ।

२. नबिल बैंक
नबिल बैंक बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा सम्मानित भएको छ ।आर्थिक वर्ष ०७५/०७६ मा बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी कर्पाेरेट कर तिर्ने नबिल बैंकलाई आन्तरिक राजस्व विभागले सम्मानित गरेको छ ।

बैंकले गत आर्थिक वर्ष एक अर्ब ९० करोड कर सरकारलाई तिरेको थियो । पछिल्लो १० वर्षमा नबिल बैंक उच्च कर भुक्तानी गर्नेमा यो पाँचौँ पटक सम्मानित भएको हो । नबिल बैंकले राज्यलाई १५ अर्ब ६ करोड रुपैयाँ कर बुझाएको छ । यो भनेको बैंकको कुल पुँजीको १ दशलमव ५ ‘टाइम्स’ बढी हो ।नेपालको निजी क्षेत्रको पहिलो बैंक नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म १ हजार ८ सय ७५ प्रतिशत लाभांश वितरण गरिसकेको छ ।

३.सूर्य नेपाल प्रालि

आव २०७५/७६ मा सूर्य नेपाल प्रालि सबैभन्दा बढी कर तिर्ने करदाता कम्पनीका रूपमा सम्मानित भएको छ ।
सूर्य नेपाल यसअघिका आर्थिक वर्षहरुमा पनि सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित हुँदै आएको थियो । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले सूर्य नेपालका सञ्चालक रवी केसीलाई सम्मान गरेका हुन् । कम्पनीले गत वर्ष ५ अर्ब ३१ करोड आयकर तिरेको थियो । भ्याटतर्फ कम्पनीले ३ अर्ब ८७ करोड कर तिरेको थियो ।

४. आइएमई लिमिटेड
विप्रेषणको कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा आइएमई लिमिटेड सम्मानित भएको छ ।

५.व्यवसायी विजय कुमार शाह
व्यक्तिगत आयकरमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा व्यवसायी हिमालयन डिष्टिलरीका सञ्चालक विजय कुमार शाह सम्मानित भएका छन् ।

६.डाबर नेपाल प्रालि
निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता डाबर नेपाल प्रा .लि .सम्मानित भएको छ ।

७. हिमाल पावर लिमिटेड
विशेष उद्योगमध्ये हिमाल पावर लिमिटेड बढी आयकर तिर्ने करदाता सम्मानित भएको छ ।

८. अन्नपूर्ण एग्रो इण्डष्ट्रिज
कृषि एवं पशुपन्छीजन्य उद्योगमध्ये अन्नपूर्ण एग्रो इण्डष्ट्रिज सम्मानित भएको छ ।

९. नेपाल पुनर्बीमा कम्पनी लिमिटेड
बढी आयकर तिर्नेमा बीमा व्यवसायमध्ये नेपाल पुनर्बीमा कम्पनी लिमिटेड सम्मानित भएको छ ।

१०. मनिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप नेपाल प्रालि
स्वास्थ्य तथा शिक्षा सेवामध्ये मनिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप नेपाल प्रालि सम्मानित भएको छ ।

११. तारागाउँ रिजेन्सी होटल लिमिटेड
पर्यटन व्यवसायमा तारागाउँ रिजेन्सी होटल लिमिटेड सम्मानित भएको छ ।

१२. अग्नी इन्कर्पोरेटेड प्राली
व्यापार व्यवसायतर्फ अग्नी इन्कर्पोरेटेड प्रालि सम्मानित भएको छ ।

१३. कामना सेवा विकास बैंक लिमिटेड
मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्रभित्र पर्ने करदातामध्ये कामना सेवा विकास बैंक लिमिटेड सम्मानित भएको छ ।

१४. भि.एफ सर्भिसेस
आन्तरिक राजश्व कार्यालयको कार्यक्षेत्रभित्र (वार्षिक पाँच करोडसम्म कारोबारमा) बाट सबैभन्दा बढी आयकर तिर्ने करदताको रुपमा भि.एफ सर्भिसेस (मोरिसस) प्रालि रहेको छ ।

१५. घोराही सिमेन्ट इन्डष्ट्रिज प्राली
मूल्य अभिवृद्धि कर तर्फ उत्कृष्ट कर सहभागिता भएको करदतामध्ये घोराही सिमेन्ट इन्डष्ट्रिज प्राली सम्मानित भएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

वि.सं.२०८३ साउन १३ बुधवार १३:३०

धनगढी । कैलाली भन्सार कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/०८२ को...

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

वि.सं.२०८३ साउन १३ बुधवार १३:१८

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा भटमासको तेलको हिस्सा निकै मजबुत...

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

वि.सं.२०८३ साउन १३ बुधवार १३:१६

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार...

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ साउन १२ मंगलवार १८:१५

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहसँग आर्थिक एजेण्डामा...

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

वि.सं.२०८३ साउन १० आइतवार १६:३१

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका...

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

वि.सं.२०८३ साउन १० आइतवार १२:१४

काठमाडौँ। नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्र तथा प्रवर्द्धकहरूको खर्बौँ रुपैयाँ...