back

नेशनल हाइड्रोपावरले पायो इन्द्रावतिको लाइसेन्स

काठमाडौँ । नेशनल हाइड्रोपावर कम्पनीले क्षमताको तल्लो इन्द्रावति जलविद्युत कम्पनीको लाइसेन्स पाएको छ । विद्युत विभागले सोमबार ४.४ मेगावाट क्षमता भएको इन्द्रावतिको लाइसेन्स नेशनललाई दिएको हो ।
विभागले केही समयअघि टेन्डर आह्वान गरेको उक्त इन्द्रावति जलविद्युतका लागी तीन वटा कम्पनीले प्रस्ताव पेश गरेकोमा नेशनल हाइड्रोपारले लाइसेन्स पाएको हो । कम्पनीले बोलकबोल मार्फत ६ करोड २० लाख २५ हजार रुपैयाँमा लाइसेन्स प्राप्त गरेको हो ।

यो जलविद्युतका लागि कम्पनीले पहिला पनि अवसर नपाएको भने होईन् । तर कम्पनीको यस जलविद्युत आयोजना निर्माणका लागि नेशनल हाइड्रोले धेरै समय अगाडि लगानी फसाएको हो। वि.स. २०७१ पुसा ३० गते उक्त आयोजनाको अनुमति पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आदेश अनुसार उर्जा मन्त्रालयको सचिव स्तरिय निर्णयले खारेज गरेको थियो।

लाइसेन्स खोसिए सँगै कम्पनीले ६५ करोड भन्दा धेरै रकम प्रोभिजनिङ गर्नु परेको हो । फलस्वरुप कम्पनीको अहिलेसम्म पनि जगेडाकोष ऋणात्मक छ ।

तर अब भने लाइसेन्स पुनः प्राप्त गरे सँगै त्यतिबेलाको ६५ करोडको प्रोभिजनिङ फिर्ता हुनेछ । र अहिलेसम्म प्रोभिजनिका लागि छुट्टाएको रकम स्वत जगेडा कोषमा जम्मा हुनेछ ।

अहिले प्राप्त गरेको इन्द्रावतिको आयोजनाले कतिपय संरचना नेशनल हाइड्रोपावरकै प्रयोग गर्ने भएकाले आयोजनाको निर्माण लागत धेरै कम पर्न आउछ । साथै पहिलाका कतिपय शेयरधनीले छाडेर आइएमई ग्रुप सहित नयाँ लगानीकर्ताको प्रवेश भैइसकेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म कम्पनीको जगेडा कोष ३३ करोड २९ लाख रुपैयाँ ऋणात्मक छ । ६५ करोड रुपैयाँको प्रोभिजनिङ फिर्ता भए सँगै यहि आर्थिक वर्षको वित्तीय विवरणमा जगेडाकोष धनात्मक भएर आउँछ । ३३ करोड २९ लाख रुपैयाँले ऋणात्मक रहेकोमा अव ३१ करोड भन्दा धेरै रकमले पोजेटिभ हुनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ३८ करोड रुपैयाँ रहेको छ । नयाँ आयोजनाका लागि कम्पनीलाई थप पूँजी आवस्यक पर्ने भएकाले बोनस शेयर तथा हकप्रद शेयर समेत निष्काशन गर्नु पर्ने हुन सक्छ ।

कम्पनीको १४।१४ मेगावाट क्षमताको लोअर इर्खुवा हाइड्रोपावरको पनि लाइसेन्स पाइसकेको छ। भोजपुर जिल्लामा रहेको यस आयोजनाको सुरुङ्ग उत्खनन् गर्ने काम अगाडि बढेको कम्पनीले जनाएको छ । कम्पनीले अर्को माद्मे खोलामा १२।३० किलोवाट क्षमताको माथिल्लो माद्मे खोला जलविद्युत आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र लिई प्राविधिक अध्ययन गरेको छ ।

२०७८ असार १५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...