back

एनआईसी एशिया बैंकद्धारा टिकटक भिडियो च्यालेन्ज योजना सार्वजनिक, यसरी पाउनुस् १५ हजार बराबरको उपहार

काठमाडौँ । एनआईसी एशिया बैंकले १५ हजार बराबरको उपहार सहित टिकटक भिडियो च्यालेन्ज योजना सार्वजनिक गरेको छ । भिडियो च्यालेन्ज योजना अनुसार बैंकको जिंगल प्रयोग गरेर टिकटक भिडियो बनाउँदा आकर्षक उपहारहरूको व्यवस्था गरेको हो ।

बैंकले टिकटक भिडियो बनाउनेहरूलाई लक्षित गरी टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको जनाएको हो । यो योजना आषाढ ६ देखि श्रावण ५ सम्म सञ्चालन हुने यस प्रतियोगितामा यस बैंकको आधिकारिक टिकटक पेज -@NICASIABankOfficial मा बैंकले डिजिटल बैंकिङ्ग प्रवद्र्धनार्थ तयार पारेको MoBank गरौं’ थिमका ६ वटा फरक फरक जिंगलहरू प्रयोग गरेर सहभागी हुन सकिनेछ ।

यस प्रतियोगितामा सहभागी भई प्रति भिडियो १५ हजार बराबरको आकर्षक उपहारहरू जित्न सक्नुहुने र एक जना सहभागीको एक भन्दा बढी भिडियोहरू छनौट भएमा १५ हजारका दरले हुन आउने कुल रकम बराबरको आकर्षक उपहारको व्यवस्था बैंकले गर्नेछ ।

योजनामा सहभागी हुनको लागि निम्नलिखित नियमहरू रहेका छन्ः

क. सहभागीले बैंकको आधिकारिक टिकटक पेज (-@NICASIABankOfficial) फलो गर्नुपर्नेछ ।
ख. सहभागीले आफुले बनाएको भिडियो आफ्नो टिकटक पेजमा ५ जना साथीहरूलाई Tag  एवं  @NICASIABankOfficial, #nicasiabank, #mobankgarau समेत उल्लेख गरेर सार्वजनिक रुपमा शेयर गर्नुपर्नेछ ।
ग. माथि उल्लेखित प्रकृया पूरा गरेपश्चात् अपलोड भएका ६ वटा थिमका भिडियोहरूमध्ये प्रत्येक थिममा सबैभन्दा बढी पटक हेरिएका एक÷एक वटा भिडियो विजयी हुनेछन् ।
घ. विजेता बन्न योग्य हुनका लागि कुनै पनि भिडियो न्यूनतम १५ हजार पटक हेरिएको हुनुपर्नेछ ।
ङ. यसरी सहभागीले बनाएका भिडियोहरूलाई बैंकले आफ्नो प्रयोजनको लागि कुनै पनि समयमा प्रयोग गर्न सक्नेछ ।

बैंकले हाल मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

२०७८ असार ११ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३...

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४३

काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को...

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

वि.सं.२०८३ जेठ ११ सोमवार १५:१४

इलाम । पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित...

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

वि.सं.२०८३ जेठ ११ सोमवार १४:१९

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य...

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

वि.सं.२०८३ जेठ ११ सोमवार १३:५३

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) को नौसेनाले...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...