back

जीवन विकास लघुवित्तको १९.७७ करोड बराबरको आईपीओ आजबाट बिक्रि खुला

nactional life

काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आजबाट १९.७७ करोडबराबरको आईपीओ निष्काशन तथा बिक्रि खुला गर्न लागेको छ ।

कम्पनीले जारी पुँजी ६० करोड ८४ लाख रुपैयाँको ३२.५० प्रतिशतबराबर अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको आईपीओ जारी गर्न लागेको हो।

संस्थाले १०० रुपैयाँ अंकित दरका कुल १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासन गर्नेछ। जसमा ३० हजार ४२० कित्ता कर्मचारीका लागि र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। आईपीओमा नेपाल धितोपत्र बोर्डबाटी स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फ आवेदन दिन सकिनेछ।

जीवन विकास लघुवित्तका आईपीओ निष्कासन बन्द छिटोमा असार १५ गते र ढिलोमा असार २५ गते बैंकिङ समयपछि हुनेछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

मोरङको कटारी गाउँपालिका वडा नं। २ मा केन्द्रीय कार्यालय रहेको यो संस्थाको आईपीओलाई नेपाल धितोपत्र बार्डले गत असार २ गते निष्कासन अनुमति दिएको थियो।

आईपीओ निष्कासनका लागि यो लघुवित्तलाई इक्रा नेपालले (इक्राएनपी–आईआर) बीबीबी रेटिङ प्रदान गरेको छ। यसले संस्था समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ।

संस्थाले आर्थिक वर्ष २०७०–८० सम्म खुद नाफा ९३ करोड ४० लाख रुपैयाँ कमाउने पुर्याउने प्रक्षेपण गरेको छ। चालु आर्थिक वर्ष २०७७–७८ मा भने नाफा ५३ करोड २ लाख रुपैयाँ बढी हुने अनुमान गरेको छ।

सञ्चालन मुनाफा पनि २०७९–८० सम्म १ अर्ब ४६ करोड र खुद ब्याज आम्दानी १ अर्ब ९३ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ। जब कि चालु आर्थिक वर्षका यस्तो मुनाफा र आम्दानी क्रमशः ८२ करोड २९ लाख रुपैयाँ र १ अर्ब १९ करोड रुपैयाँ हुने अनुमान गरिएको छ।

सेयरपुँजी ६० करोड ८४ लाख रुपैयाँ रहेको संस्थाको जगेडाको आकार २०७९८० सम्म २ अर्ब ८५ करोड रुपैयाँ बढीको हुने प्रक्षेपण गरिएको छ। चालु आवमा भने जगेडामा १ अर्ब २१ करोड हुने अनुमान रिएको छ।

२०७८ असार ११ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:००

काठमाडौँ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष...

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...