back
himalayan life

४ मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारीः कुन–कुन मन्त्रालयको जिम्मेबार कुन मन्त्रीलाई ?

काठमाडौँ । मन्त्रीपद रिक्त भएका मन्त्रालयका जिम्मेवारी पदमुक्त नभएका मन्त्रालयका चार मन्त्रीले पाएका छन् । सर्वोच्च अदालतले संविधान विपरित मन्त्रिपरिषद् विस्तार गरेको ठहर गर्दै १८ मन्त्री तथा राज्यमन्त्रीलाई पदमुक्त गरिदिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीविहीन बनेको मन्त्रालयको जिम्मेवारी पदमुक्त नभएका मन्त्रीलाई जिम्मेवारी तोकेकी हुन् ।

जसअनुसार विष्णु पौडेलले अर्थसहित उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा र गृह मन्त्रालय सम्हाल्ने भएका छन् । यस्तै कृष्ण गोपाल श्रेष्ठले शिक्षासहित वन, युवा तथा खेलकुद, श्रम तथा रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् भने बसन्तकुमार नेम्वाङले भौतिकसहित कृषि, खानेपानी, सञ्चार र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।

यसैगरी लीलानाथ श्रेष्ठले कानुनसहित भूमि व्यवस्था, महिला तथा जेष्ठ नागरिक, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । अन्य रिक्त मन्त्रालय भने प्रधानमन्त्री आफैले सम्हाल्नेछन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले अर्को व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जिम्मेवारी तोकेका उल्लेख छ ।

२०७८ असार १० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

वि.सं.२०८३ असार १८ बिहीवार ०८:५०

काठमाडौं । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

वि.सं.२०८३ असार १७ बुधवार १८:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन...

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

वि.सं.२०८३ असार १७ बुधवार १२:४८

काठमाडौँ । जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउने सुर्तीजन्य पदार्थ, मदिरा र...

सुर्तीजन्य, मदिरा र चिनीयुक्त पेय पदार्थको नीतिगत समीक्षा: पूर्व अर्थमन्त्री पाण्डेद्वारा १० वर्षे रणनीतिक लक्ष्य तय गर्न सुझाव

सुर्तीजन्य, मदिरा र चिनीयुक्त पेय पदार्थको नीतिगत समीक्षा: पूर्व अर्थमन्त्री पाण्डेद्वारा १० वर्षे रणनीतिक लक्ष्य तय गर्न सुझाव

वि.सं.२०८३ असार १७ बुधवार ११:५७

काठमाडौँ । नेपाल विकास अनुसन्धान प्रतिष्ठान (NDRI) को आयोजनामा सुर्तीजन्य...

सर्वाधिक मत पाएका डा.वाग्ले रास्वपाको केन्द्रीय भूमिकामा : आर्थिक सुधारको अभियान अगाडि बढाउन मदत पुग्ने आकंलन  

सर्वाधिक मत पाएका डा.वाग्ले रास्वपाको केन्द्रीय भूमिकामा : आर्थिक सुधारको अभियान अगाडि बढाउन मदत पुग्ने आकंलन  

वि.सं.२०८३ असार १६ मंगलवार १३:१३

काठमाडौं । असारको पहिलो हप्ता नेपालमा एउटै विषय सबैभन्दा बढी...

दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो

दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो

वि.सं.२०८३ असार १६ मंगलवार १३:०७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि...