back
himalayan life

वैकल्पिक सिकाइलाई वडाले निःशुल्क इन्टरनेट दिने

स्याङ्जा । वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापमा जोड दिँदै स्याङ्जाको वालिङ नगरपालिकाअन्तर्गत १३ नं. वडा कार्यालयले निःशुल्क इन्टरनेट जडान गरिदिने भएको छ ।
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नपाको १३ नं. वडाले वैकल्पिक शिक्षा प्रणालीबाट शिक्षण सिकाइ क्रियाकलापमा सहजीकरणका लागि इन्टरनेटको ब्यवस्था मिलाइदिने भएको हो ।

वडाध्यक्ष आनन्दप्रसाद पाठकले विश्वव्यापी महामारीको रुपमा तीव्र गतिमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमणका कारण विद्यार्थीको सिकाइ क्रियाकलाप प्रभावित भएकाले वडा शिक्षा समितिको बैठकबाट वैकल्पिक विधिबाट पठनपाठनलाई जोड दिने गरी विद्यार्थीको घर–घरमा इन्टरनेट जडान गर्न सहयोग गरिने वडाध्यक्ष पाठकले बताए।

“विद्यार्थीलाई प्रविधिमैत्रीसँगै वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइमा सहजता ल्याउनका लागि अभियानको रुपमा अगाडि बढेका छौँ”, वडाध्यक्ष पाठकले भन्नुभयो, “कोभिडको पहिलो र दोस्रो लहरबाट शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावित पारेका बेला फेरि तेस्रो लहर आउने भन्ने कुरा सुनिएकाले त्यसको पूर्वतयारी स्वरुप वैकल्पिक विधिलाई थप प्रभावकारी बनाउनका लागि इन्टरनेट जडान गरिदिने निर्णय गरेका हौँ ।”

इन्टरनेट जडानका लागि विभिन्न चार वटा सेवाप्रदायक संस्थाहरुसँग छलफल भएको र उक्त संस्था पनि सकारात्मक रहेकाले यो अभियान प्रभावकारी हुनेमा वडा कार्यालय विश्वस्त रहेको वडाध्यक्ष पाठकले बताए । वडाभित्र आठ वटा सामुदायिक विद्यालय, दुई वटा संस्थागत विद्यालय र एउटा बहुप्राविधिक शिक्षालय रहेका छन् ।

“यसअघि भएका भर्चुअल कक्षा सञ्चालनका क्रममा कतिपयमा इन्टरनेटको असुविधाका कारण मोबाइलको डाटा चलाउनुपर्ने बाध्यता रहेको गुनासो सुन्यौँ”, वडाध्यक्ष पाठकले भने, “डाटाबाट नेट ढिलो चल्ने भएकाले पठन पाठनमा प्रभावकारी र उपलब्धीमूलक हुन सकेन, त्यसैले अब वडा कार्यालयले अति विपन्न वर्गका बालबालिकालाई लक्षित गरी निःशुल्क इन्टरनेट जडान गरिदिने तयारीमा छौं ।” भर्चुअल कक्षा सञ्चालनका लागि आवश्यक पर्ने तालिम तथा अभिमुखीकरण प्रत्येक विद्यालयमा तीन÷तीन दिन सञ्चालन गर्ने कार्य शुरु भइसकेको छ ।

२०७८ असार १० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

वि.सं.२०८३ असार १८ बिहीवार ०८:५०

काठमाडौं । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

वि.सं.२०८३ असार १७ बुधवार १९:४७

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय...

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

वि.सं.२०८३ असार १७ बुधवार १९:११

काठमाडौं । ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको...

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

वि.सं.२०८३ असार १७ बुधवार १८:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन...

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार १७ बुधवार १८:३५

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी...

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

वि.सं.२०८३ असार १७ बुधवार १८:२८

काठमाडौं । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...