back
himalayan life

बैंक तथा बीमाका २९ संस्थाद्धारा सामाजिक सुरक्षा कोषसँग १५ बुंदे माग

काठमाडौँ । बैंक वित्त तथा बीमा कम्पनीका २९ संस्थाले सामाजिक सुरक्षा कोषलाई १५ बुँदे माग राखेका छन् । २९ संस्थाका कर्मचारीहरुले सामाजिक सुरक्षा कोषमा आबद्दताको बिषयलाई लिएर माग राख्दै संयुक्त बिज्ञप्ती जारी गरेका हुन् । कर्मचारीहरुले आफ्ना माग राख्दै माग सम्बोधन नभएसम्म कुनैपनि हालतमा आबद्द हुन नसकिने अडान राखेका छन् ।
सामाजिक सुरक्षामा न्युनतम सुविधाबाट बन्चित लाखौँ श्रमिक कामदार तथा कर्मचारीहरुलाई प्राथमिकतामा राखेर उनीहरुलाई पहिले समेट्नु पर्ने जिम्मेवारी बिर्सिएर संगठित बैंक, बित्त तथा बीमा कम्पनीका कर्मचारीलाई जोड्न मरिहत्ते गरेको बिज्ञप्तीमा उल्लेख छ।

सामाजिक सुरक्षा कोषको बिध्यामन ऐन, नियमावली, कार्यविधिमा भएका व्यवस्था, योजना र सर्तअनुसार आबद्द हुँदा बैंक, बित्त तथा बीमा कम्पनीका विगत ३० बर्षदेखि काम गर्दै आएका कर्मचारीहरु अहिलेसम्म पाउदै आएको सेवा सुविधाबाट बन्चित हुने भएकाले बिध्यमान व्यवस्था संसोधन नभएसम्म कोषमा आबद्द हुन नसकिने बिज्ञप्तीमा उल्लेख गरिएको छ।

पछिल्ला दिनहरुमा कोषकै कारण बैंक, बित्त तथा बीमा कम्पनीहरुमा डर त्रास, भय र असन्तुलित वातावरण उत्पन्न भएको छ ।

१५ बुंदे मागमा कोषको बिध्यमान व्यवस्था संबिधानअनुसार श्रम मैत्री बनाउनुपर्ने, ऐनमा नै खाईपाई आएको सेवा सुविधामा कटौती नहुने कुराको ग्यारेन्टी गर्नुपर्ने, सरकारी कर्मचारीहरुलाई झैँ समान व्यवहार गर्नुपर्नु लगायतका बिषयहरु उल्लेख छन्।

संयुक्त बिज्ञप्ती बुझाउने २९ सँस्थामा अधिकांश कमर्शियल बैंक तथा बीमा कम्पनीहरु रहेका छन् भने बैंक, बित्त तथा बीमा कम्पनीका कर्मचारी संगठनहरु समेत सामेल छन्।

२०७८ असार १० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

वि.सं.२०८३ असार १८ बिहीवार ०८:५०

काठमाडौं । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १८ बिहीवार ०८:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको...

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

वि.सं.२०८३ असार १७ बुधवार १८:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन...

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

वि.सं.२०८३ असार १७ बुधवार १२:४८

काठमाडौँ । जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउने सुर्तीजन्य पदार्थ, मदिरा र...

सुर्तीजन्य, मदिरा र चिनीयुक्त पेय पदार्थको नीतिगत समीक्षा: पूर्व अर्थमन्त्री पाण्डेद्वारा १० वर्षे रणनीतिक लक्ष्य तय गर्न सुझाव

सुर्तीजन्य, मदिरा र चिनीयुक्त पेय पदार्थको नीतिगत समीक्षा: पूर्व अर्थमन्त्री पाण्डेद्वारा १० वर्षे रणनीतिक लक्ष्य तय गर्न सुझाव

वि.सं.२०८३ असार १७ बुधवार ११:५७

काठमाडौँ । नेपाल विकास अनुसन्धान प्रतिष्ठान (NDRI) को आयोजनामा सुर्तीजन्य...

रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

वि.सं.२०८३ असार १७ बुधवार ११:०१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भर्खरै सम्पन्न आफ्नो पहिलो...