back
himalayan life

पोखरा महानगरपालिकाद्धारा सडक सफा गर्ने ब्रुमर खरिदको लागि मात्रै साढे २ करोड बजेट

काठमाडौं । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट विनियोजन गरेको छ । महानगरपालिकाले सडक सरसफाई विशेष प्राथमिकता दिएको छ । सोही अनुसार पिच सडक पखाल्नको लागि एक थान ब्रुमर खरिद महानगरले जनाएको छ ।

महानगरले अस्फाल्ट प्रविधिबाट गरिएको पिच सडक आवश्यकता अनुसार पखाल्न मिल्ने गरी कष्टमाइज गरिएको एक थान सवारी साधन र सोही सडक सफा गर्न १ थान ब्रुमर खरिद गर्ने जनाएको हो । यसका लागि महानगरले २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बजेट प्रस्तुत गर्दै महानगरले जलकुम्भी हटाउन खरिद गरिएको साधनको आवधिक मर्मत संभार गरिने समेत जनाएको छ । त्यस्तै पूर्वाधार निर्माणको गुणस्तर परीक्षणको लागि स्थापना गरिएको प्रयोगशालाको स्तरोन्नति, प्रयोगशालामा यन्त्र तथा उपकरणहरु थप गरिने र यसलाई महानगरपालिकाको एउटा आम्दानी गर्ने एकाइको रुपमा विकास समेत गरिने बजेटमा उल्लेख छ । प्रयोगशालाको क्षमता विस्तामा १ करोड बजेट विनियोजन गरिएको छ ।

साथै बेगनासताललाई पृथ्वी राजमार्गसँग जोड्ने तालचोक बेगनास सडक नेपालकै नमूना सडकको रुपमा निर्माण गर्ने महानगरको योजना रहेको छ । उक्त विश्व बैंकको आर्थिक सहयोगमा निर्माणाधिन रहेको छ । यसको लािग १ अर्ब ५३ करोड रुपैयाँको बहुवर्षीय बोलपत्र प्रकाशित भइसकेको छ । केन्द्रको सर्शत अनुदानबाट संचालन गरिने उक्त सडक आयोजनाको लागि आगामी आर्थिक वर्षमा २४ करोड २५ लाख बजेट महानगरले विनियोजन गरिएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षमा नै ठेक्का सम्झौता भइसकेका र आगामी आर्थिक वर्षको लागि प्रस्तावित कनेक्टिब सडकतर्फ गरी कुल १ अर्ब २० करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।

२०७८ असार १० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

वि.सं.२०८३ असार १८ बिहीवार ०८:५०

काठमाडौं । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १८ बिहीवार ०८:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको...

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

वि.सं.२०८३ असार १७ बुधवार १९:४७

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय...

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

वि.सं.२०८३ असार १७ बुधवार १९:११

काठमाडौं । ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको...

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

वि.सं.२०८३ असार १७ बुधवार १८:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन...

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार १७ बुधवार १८:३५

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी...