आज सुन र चाँदी दुबैको मूल्यमा गिरावट

वि.सं.२०७८ असार ९ बुधवार

काठमाडौँ । आज सुन र चाँदी दुबैको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ र चाँदीको मूल्य ५ रुपैयाँले गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९१ हजार र तेजाबी सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
२०७८ असार ९ गते प्रकाशित

प्रकाशित समय : ०७:०५ बजे