back

समस्त उद्योगी तथा व्यवसायी लाइ खोप सुबिधा उपलब्ध गराइ दिन चेम्वरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले उद्योग तथा व्यवसायसँग प्रत्यक्ष जोडियका सबैलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेको छ । कर्मशले उद्योग तथा व्यावसाय संचालनका सिलसिलामा अग्रपंक्तीमा रही कार्यरत हुनु पर्ने भएकाले जोखिम न्युन गर्न खोपको व्यावस्था गर्न आग्रह गरेको हो । समग्र निजी क्षेत्र, जोखिमयुक्त वर्गमा पर्ने भएको हुंदा नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरु ,चेम्वरसंग आवद्ध रहेका वस्तुगत संघ, आवद्ध संघ, द्धिराष्ट्रिय व्यापार संघ, प्रदेश, जिल्ला तथा नगर स्तरीय चेम्वर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरु, चेम्वर अन्तर्रगत गठित केन्द्र तथा जिल्ला अन्तरगत गठित महिला चेम्वरका पदाधिकारी तथा सदस्यहरु तथा चेम्वर अन्तर्गतका समस्त किराना व्यवसायीहरु उद्योगीहरु एवम उद्योग तथा यातायात क्षेत्रमा कार्यरत मजदूरलाई दुवै चरणको खोपको व्यवस्थापन गर्न कमर्स सम्वधित निकाय समक्ष आग्रह गरेको छ ।

साथै चेम्बर अफ कर्मशले विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो चरणको नयां भेरियण्टको कोरोना भाइरस (कोभिड-१९) बाट विश्व अर्थतन्त्रमा गम्भीर असर परेको उल्लेख गरेको छ । नेपाल जस्तो अति कम विकसित र आत्मनिर्भर हुन नसकेको मुलुकको लागि यसको प्रत्यक्ष प्रभाव निजी क्षेत्रमा परेको चेम्बर अफ कमर्शको भनाई छ । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारी अभिवृद्धि तथा राजश्वमा योगदान पुग्न जाने समेत विज्ञप्तिमा उल्लेख छ ।

नयां भेरियण्टको कोभीड–१९ को दोश्रो चरणको महामारीले समस्त उद्योगी तथा व्यवसायीहरुलाइ आक्रान्त तुल्याएको छ भने समयमै कोरोना बिरुद्धको भ्याक्सीन उपलब्ध नभएकोले अग्रपंक्तीमा कार्यरत समस्त व्यवसायीक क्षेत्रको आत्मवलमा हस आएको छ । अहिले मुलुकमा लकडाउन भइ अधिकांश व्यवसायहरु वन्द अवस्थामा रहेका छन भने अर्को तर्फ कोरोना बिरुद्धको भ्याक्सीन उपलब्ध नभएकोले यसबाट उत्पन्न बिषम परिस्थितिका कारण उद्योग व्यवसाय संचालन गर्न समेत चुनौतिपूर्ण अवस्था सृजना हुन गएको जनाएको छ ।

२०७८ असार ३ गते प्रकाशित


विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार ५ बिहीवार १५:४५

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले नेपालको विकासिल मुलुकमा...

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

वि.सं.२०८२ असार २ सोमवार १८:४३

झापा  । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा...

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

वि.सं.२०८२ असार १ आइतवार १७:३९

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७...

उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनलाई समेटिएको यो नै पहिलो बजेट हो : उपाध्यक्ष अधिकारी 

उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनलाई समेटिएको यो नै पहिलो बजेट हो : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ जेठ ३० शुक्रवार १९:४३

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले  सरकारले...