back
Naima

शिवराज नगरपालिकालाई अशोक लेलैण्डको सुविधा सम्पन्न बारुणयन्त्र हस्तान्तरण

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले कपिलबस्तुस्थित शिवराज नगरपालिकालाई सुबिधा सम्पन बारुणयन्त्र (दमकल) हस्तान्तरण गरेको छ ।
उक्त सुविधा सम्पन्न बारुणयन्त्र (दमकल) नेशनल फायर सेफ र आइएमई मोटर्सको संयुक्त प्रयासमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीलाई सो बारुणयन्त्र (दमकल) आइएमई मोटर्स प्रा.लिका कर्पाेरेट सेल्स हेड सुशिल राणा थापाले हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले ‘ सुबिधासम्पन्न बारुणयन्त्र (दमकल) आफ्नो नगरपालिकामा पहिलो पटक खरिद गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउँदै आगलागिका घटनामा नगरवासीको जीऊधनको रक्षा गर्न र क्षतिको रोकथामको लागि दमकल उपयोगी साबित हुने विश्वास लिएको बताउनु भयो । ’
अशोक लेलैण्ड को १२१२ इकमेट मोडलको च्यासिसमा बनाईएको दमकलमा ४, ००० लिटर पानी अट्ने क्षमता रहनुका साथै दमकलमा ५०० लिटर फोम भर्न सकिन्छ । जसले गर्दा आगलागी भएको ठाउँमा छिटै र सजिलै धनजनको क्षती हुनबाट रोक्न सकिन्छ । यस प्रकारको अत्याधुनिक बारुणयन्त्र (दमकल) अग्नि नियन्त्रण कार्यमा उपयोगी हुनुका साथै नेपालको भौगोलीक वातावरणमैत्री भएको हुनाले यसको कार्यक्षमता निकै राम्रो रहेको छ । केही महिना अगाडि अशोक लेलैण्डको दमकल नेपालका बिभिन्न नगरपालिका जस्तै पुर्वको उर्लाबारी, लेटाङ, इनरुवा नगरपालिकाहरु, इटहरी उप–महानगरपालिका, बर्दियाको बाँसगढी नगरपालिका, काठमाडौंको चन्द्रागिरी नगरपालिका, नेपाल आयल निगम लिमिटेड साथै हालै प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई हस्तान्तरण गरिएको थापाले बताउनु भयो । कार्य क्षमता, र अत्याधुनिक उपकरणका साथै मर्मत खर्च समेत कम हुने भएकोले यो दमकल नेपालमा बढी रूचाइएको बारुणयन्त्र (दमकल) मध्येमा पर्दछ ।

२०७८ असार ३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनको औपचारिक शुभारम्भ हुँदै

ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनको औपचारिक शुभारम्भ हुँदै

वि.सं.२०८३ साउन २५ सोमवार ०९:२०

काठमाडौं । ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनले आफ्नो औपचारिक शुभारम्भ तथा...

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाले दुई नयाँ मोडल सार्वजनिक गर्दै, २१ लाखसम्म छुट र विशेष ड्राइभको अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाले दुई नयाँ मोडल सार्वजनिक गर्दै, २१ लाखसम्म छुट र विशेष ड्राइभको अफर

वि.सं.२०८३ साउन २५ सोमवार ०९:०७

काठमाडौं । टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले नाइमा...

नाइमा मोबिलिटी एक्सपोमा डोङफेङका विद्युत्तीय बसहरू सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्सपोमा डोङफेङका विद्युत्तीय बसहरू सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:३४

काठमाडौं । हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चिनियाँ अटोमोबाइल जायन्ट...

नाइमा अटो शो २०२६ मा टोयोटाको आकर्षक अफर: २१ लाखसम्म छुट र दुई नयाँ मोडल सार्वजनिक गरिँदै

नाइमा अटो शो २०२६ मा टोयोटाको आकर्षक अफर: २१ लाखसम्म छुट र दुई नयाँ मोडल सार्वजनिक गरिँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:१८

काठमाडौं ।  काठमाडौंमा आगामी अगस्ट ११ देखि १६ सम्म आयोजना...

नाइमा मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा, ४० नयाँ मोडल सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा, ४० नयाँ मोडल सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार १९:००

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम चरणमा...