जीवन विकास लघुवित्तले पायो आईपीओ निष्काशनको अनुमति, कहिले आउला?
वि.सं.२०७८ असार १ मंगलवार
काठमाडौं । जीवन विकास लघुवित्त वित्तिय संस्थाले आईपीओ निष्काशनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले जेठ ३० गते लघुवित्तलाई १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्त आईपीओ निष्काशन गर्ने अनुमति दिएको हो ।
४१ करोड ६ लाख ७० हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीले पुँजीको ३२.५० प्रतिशत आईपिओ निष्काशन गर्न लागेको हो ।
आईपिओ निष्काशनपछि संस्थाको चुक्ता पुँजी ६० करोड ३७ लाख ४० हजार रुपैयाँ पुग्ने छ । संस्थाको जगेडा कोषमा १ अर्ब १८ करोड ३९ लाख रुपैयाँ रहेको छ ।
कम्पनीले फागुन १७ गते आईपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त भैसकेको थियो । यो आईपीओलाई इक्रा नेपालले इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ ।

२०७७ असार १ गते प्रकाशित
प्रकाशित समय : ०२:०५ बजे





















