back

महालेखा नियन्त्रकद्धारा एकिकृत ‘रियल टाइम’ सरकारी वित्त प्रणाली सञ्चालनमा

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सरकारी वित्त प्रणाली ‘एलएमबीआइएस’, एकल खाता कोष प्रणाली ‘टीएसए’ र ‘सीगास’बीच एकिकरण गर्दै‘ रियल टाइम’ एकीकृत सरकारी वित्त प्रणाली सञ्चालनमा ल्याएको छ ।

यो फिचर्सद्धारा अर्थमन्त्रालयको ‘एलएमबीआइएस’ मार्फत् विनियोजन भएको बजेट सरकारी कार्यालयलाई खर्चका लागि अनुमति दिने र त्यसको भरौचर उठाउने काम एकैसाथ सम्पन्न गर्न सकिने छ ।

महालेखा नियन्त्रक मधुकुमार मरासैनी रियल टाइम प्रणालीले अर्थमन्त्रालयको बजेट व्यवस्थापन प्रणाली ‘एलएमबीआइएस’, कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत खर्च गर्ने प्रणाली ‘टीएसए’, र भौचर उठाउने कम्प्यूटराइज्ड सरकारी लेखा प्रणाली’ ‘सीगास’लाई रियल टाइम प्रणालीभित्र एकीकरण सम्पन्न भएको बताए । उनले थपे ‘अब तीन खाता मध्ये कुनै पनि खातामा गरिएको प्रविष्टिको विवरण एकै साथ तीन वटै प्रणालीमा जानेछ ।’

‘सरकारी लेखा प्रणालीको तीन वटा खाता मध्ये कुनै एउटामा परिवर्तन हुनेसाथ तीनै ठाउँमा सुचना जान्छ’ ‘अर्थमन्त्रालयले रकमान्तर गर्यो भने उक्त सुचना कम्प्यूटराइज्ड सरकारी लेखा प्रणाली’सीगास’सम्म पुग्ने भएकाले चिठीपत्र पठाउनुपर्ने झन्जट हुँदैन।’–उनले भने ।

सरकारी वित्त प्रणाली रियल टाइममा सञ्चालन भएसँगै यसले सरकारी सेवा प्रभावकारी बनाउने र लागत तथा समय कम गर्न मद्दत गर्ने छ । महालेखा नियन्त्रकको कार्यालयले विगत १ वर्षदेखि उक्त खाताहरूबीच एकीकरण गरी सञ्चालनमा ल्याउनका लागि आवश्यक तयारी गरिरहेको थियो ।

२०७८ जेठ ३१ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:३२

काठमाडौं । नेपालको पूँजी बजारमा शेयर धितो कर्जा (मार्जिन लेन्डिङ)...

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:४०

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको...

अब अनलाइनबाटै धितो बन्धकी हुने

अब अनलाइनबाटै धितो बन्धकी हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२३

काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत...

गौर भन्सारद्वारा लक्ष्यअघि नै ९८ प्रतिशत राजस्व संकलन

गौर भन्सारद्वारा लक्ष्यअघि नै ९८ प्रतिशत राजस्व संकलन

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:१४

रौतहट । गौर भन्सार कार्यालयले चालु आर्थिक वर्षको लक्ष्य समयभन्दा...