back
himalayan life

एडीबी अध्यक्ष मासातो कान्डा काठमाडौंमा, नेपालको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डा औपचारिक भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । उनले आफ्नो आगमनबारे सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिएका हुन् ।

नेपाल आइपुगेपछि उनले एडीबीले नेपालको विकास, रूपान्तरण तथा दीर्घकालीन आर्थिक वृद्धिमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । साथै, रोजगारी सिर्जना र नयाँ आर्थिक अवसर विस्तारका लागि आवश्यक पूर्वाधार विकासमा एडीबीले सहयोग जारी राख्ने उनले उल्लेख गरेका छन् ।

एडीबी नेपालको प्रमुख विकास साझेदारमध्ये एक हो । अध्यक्ष कान्डाका अनुसार हाल नेपालमा एडीबीको लगानीमा करिब ३ अर्ब ९० करोड अमेरिकी डलर बराबरका विभिन्न विकास आयोजनाहरू सञ्चालनमा छन् ।

भ्रमणका क्रममा उनले नेपालमा नयाँ सरकारले तय गर्ने विकास प्राथमिकताबारे छलफल गर्ने बताएका छन् । यसका लागि उच्चस्तरीय वार्तामा सहभागी हुन आफू उत्सुक रहेको उनको भनाइ छ ।

नेपाल र एडीबीबीच विगत ६ दशकदेखि कायम सहकार्य र साझेदारी आगामी दिनमा अझ मजबुत हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मधेश सरकारद्वारा विकास योजनाको भुक्तानी विवाद अन्त्य, अर्बौंका रोकिएका रकम निकासाको बाटो खुल्यो

मधेश सरकारद्वारा विकास योजनाको भुक्तानी विवाद अन्त्य, अर्बौंका रोकिएका रकम निकासाको बाटो खुल्यो

वि.सं.२०८३ असार २२ सोमवार १८:२४

जनकपुरधाम । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को...

कर्जा प्रवाहलाई सहज बनाउँदै राष्ट्र बैंक, मौद्रिक नीतिको संरचनामा हुँदैछ ऐतिहासिक परिमार्जन

कर्जा प्रवाहलाई सहज बनाउँदै राष्ट्र बैंक, मौद्रिक नीतिको संरचनामा हुँदैछ ऐतिहासिक परिमार्जन

वि.सं.२०८३ असार २२ सोमवार १६:०५

काठमाडौँ । मुलुकको बैंकिङ प्रणालीमा खर्बौँ रुपैयाँ लगानीयोग्य रकम (तरलता) थुप्रिए...

ऊर्जा, बैंकिङ र व्यापार क्षेत्रको सुधारले अर्थतन्त्रमा ३.५१ प्रतिशतको वृद्धि

ऊर्जा, बैंकिङ र व्यापार क्षेत्रको सुधारले अर्थतन्त्रमा ३.५१ प्रतिशतको वृद्धि

वि.सं.२०८३ असार २२ सोमवार १४:२३

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा नेपालको...

२० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

२० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार २२ सोमवार १०:५८

काठमाडौं ।नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने...

राष्ट्र बैंकको स्वायत्तता कमजोर हुनेगरी हस्तक्षेप नगर्न सुझाव

राष्ट्र बैंकको स्वायत्तता कमजोर हुनेगरी हस्तक्षेप नगर्न सुझाव

वि.सं.२०८३ असार २१ आइतवार १८:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारी र दीपेन्द्रबहादुर...

आगामी मौद्रिक नीति लचिलो हुने पूर्वगभर्नर अधिकारीको सङ्केत: अर्थतन्त्र पुनर्जीवित गर्न निजी क्षेत्रको माग

आगामी मौद्रिक नीति लचिलो हुने पूर्वगभर्नर अधिकारीको सङ्केत: अर्थतन्त्र पुनर्जीवित गर्न निजी क्षेत्रको माग

वि.सं.२०८३ असार २१ आइतवार १६:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारीले मुलुकको समग्र...