back
himalayan life

ऊर्जा, बैंकिङ र व्यापार क्षेत्रको सुधारले अर्थतन्त्रमा ३.५१ प्रतिशतको वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा नेपालको अर्थतन्त्र ३.५१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्कअनुसार विद्युत् उत्पादन तथा वितरण, बैंकिङ तथा बीमा, व्यापार र यातायात क्षेत्रको विस्तारले आर्थिक गतिविधि बढाउँदै समग्र आर्थिक वृद्धिलाई टेवा दिएको हो ।

कार्यालयका अनुसार तेस्रो त्रैमासमा अर्थतन्त्रका १८ औद्योगिक वर्गीकरणमध्ये १६ वटामा सकारात्मक वृद्धि देखिएको छ । विद्युत् तथा ग्यास क्षेत्र सबैभन्दा बढी २४.८८ प्रतिशतले विस्तार भएको छ भने वित्तीय तथा बीमा क्षेत्र १०.२७ प्रतिशत, यातायात तथा भण्डारण ७.८३ प्रतिशत तथा थोक एवं खुद्रा व्यापार क्षेत्र ५.२५ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको छ ।

यद्यपि कृषि र औद्योगिक क्षेत्रमा देखिएको सुस्तताले समग्र आर्थिक वृद्धिलाई अपेक्षित गतिमा पुग्न भने दिएको छैन । अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान रहेको कृषि क्षेत्र १.५८ प्रतिशतले मात्र बढेको छ भने उत्पादनमूलक उद्योग ०.५४ प्रतिशतले खुम्चिएको छ । सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्र पनि १.५९ प्रतिशतले ऋणात्मक रहेको तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले निर्माण सामग्रीको आयातमा आएको कमी, धान उत्पादनमा गिरावट तथा केही वस्तुको स्वदेशी उत्पादन घटेकाले आर्थिक वृद्धिदर सामान्य रहेको जनाएको छ । यद्यपि ऊर्जा उत्पादन र सेवा क्षेत्रको विस्तारले अर्थतन्त्रलाई सकारात्मक दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको प्रतिवेदनमा उल्लेख छ ।

मौसमी प्रभाव समायोजनपछि हेर्दा दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा अर्थतन्त्र ०.५८ प्रतिशतले विस्तार भएको प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्कले अर्थतन्त्रको छोटो अवधिको अवस्था र विभिन्न क्षेत्रको गतिविधिबारे संकेत गर्ने भएकाले नीति निर्माण तथा आर्थिक विश्लेषणका लागि महत्वपूर्ण आधारका रूपमा प्रयोग गरिन्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मधेश सरकारद्वारा विकास योजनाको भुक्तानी विवाद अन्त्य, अर्बौंका रोकिएका रकम निकासाको बाटो खुल्यो

मधेश सरकारद्वारा विकास योजनाको भुक्तानी विवाद अन्त्य, अर्बौंका रोकिएका रकम निकासाको बाटो खुल्यो

वि.सं.२०८३ असार २२ सोमवार १८:२४

जनकपुरधाम । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को...

कर्जा प्रवाहलाई सहज बनाउँदै राष्ट्र बैंक, मौद्रिक नीतिको संरचनामा हुँदैछ ऐतिहासिक परिमार्जन

कर्जा प्रवाहलाई सहज बनाउँदै राष्ट्र बैंक, मौद्रिक नीतिको संरचनामा हुँदैछ ऐतिहासिक परिमार्जन

वि.सं.२०८३ असार २२ सोमवार १६:०५

काठमाडौँ । मुलुकको बैंकिङ प्रणालीमा खर्बौँ रुपैयाँ लगानीयोग्य रकम (तरलता) थुप्रिए...

एडीबी अध्यक्ष मासातो कान्डा काठमाडौंमा, नेपालको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता

एडीबी अध्यक्ष मासातो कान्डा काठमाडौंमा, नेपालको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता

वि.सं.२०८३ असार २२ सोमवार १४:२६

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डा औपचारिक...

२० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

२० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार २२ सोमवार १०:५८

काठमाडौं ।नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने...

राष्ट्र बैंकको स्वायत्तता कमजोर हुनेगरी हस्तक्षेप नगर्न सुझाव

राष्ट्र बैंकको स्वायत्तता कमजोर हुनेगरी हस्तक्षेप नगर्न सुझाव

वि.सं.२०८३ असार २१ आइतवार १८:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारी र दीपेन्द्रबहादुर...

आगामी मौद्रिक नीति लचिलो हुने पूर्वगभर्नर अधिकारीको सङ्केत: अर्थतन्त्र पुनर्जीवित गर्न निजी क्षेत्रको माग

आगामी मौद्रिक नीति लचिलो हुने पूर्वगभर्नर अधिकारीको सङ्केत: अर्थतन्त्र पुनर्जीवित गर्न निजी क्षेत्रको माग

वि.सं.२०८३ असार २१ आइतवार १६:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारीले मुलुकको समग्र...