back

नागढुंगा सुरुङमार्गले नेपालको पूर्वाधार विकासमा नयाँ युग सुरु गर्यो : सचिव सिग्देल

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन समारोहमा बोल्दै उक्त सुरुङ नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।

उनले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालकै पहिलो सुरुङमार्ग भएकाले यसले देशको पूर्वाधार विकासमा नयाँ युगको सुरुवात गरेको उल्लेख गरे ।

विगतदेखि नै काठमाडौं उपत्यकाको पश्चिमी प्रवेशद्वारका रूपमा रहेको नागढुंगा सडकखण्ड अत्यधिक सवारी चाप र जोखिमयुक्त मार्गका रूपमा परिचित रहेको स्मरण गर्दै उनले अब त्यस अवस्थाको अन्त्य भएको बताए ।

सचिव सिग्देलले सुरुङमार्गले केवल पहाड छिचोलेर बाटो बनाएको मात्र नभई यात्राको समयलाई केही मिनेटमा सीमित गर्दै घुमाउरा सडक र पहिरोको जोखिमबाट यात्रुलाई मुक्ति दिलाउने विश्वास व्यक्त गरे ।

उनले यो उपलब्धि नेपाल सरकारको दूरदर्शी योजना र जापान सरकारको निरन्तर सहयोगको परिणाम भएको बताए । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण वित्तीय सहयोगबिना यो परियोजना सम्भव नहुने उल्लेख गर्दै नेपाल–जापानबीचको लामो मित्रताको पछिल्लो र महत्वपूर्ण उदाहरणका रूपमा यस सुरुङमार्गलाई व्याख्या गरे ।

सिग्देलले समारोहमा उपस्थित जाइकाका अध्यक्ष तथा नेपालका लागि जापानका राजदूतप्रति आभार व्यक्त गर्दै नेपालको विकासमा जापानले पुर्याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गरे ।

उनले नेपाली र जापानी प्राविधिक तथा इन्जिनियरहरूले भौगोलिक जटिलता, विश्वव्यापी कोभिड–१९ महामारी र हिमाली भू–बनोटका चुनौतीका बीच पनि संयुक्त रूपमा काम गरी परियोजना सफलतापूर्वक सम्पन्न गरेको बताए ।

त्यस्तै, निर्माण कार्यमा संलग्न निर्माण कम्पनी, परामर्शदाता तथा विशेषगरी नेपाली र जापानी श्रमिकहरूको योगदानको उच्च मूल्यांकन गर्दै सचिव सिग्देलले उनीहरूको मेहनत, धैर्यता र सीपकै कारण सुरुङमार्ग निर्माण सम्भव भएको उल्लेख गरे ।

उनले यस परियोजनामार्फत नेपाली प्राविधिक तथा कामदारहरूले पहाडी सुरुङ निर्माणसम्बन्धी महत्वपूर्ण अनुभव हासिल गरेको बताउँदै भविष्यमा यस्ता पूर्वाधार आयोजना निर्माणमा उक्त अनुभव उपयोगी हुने विश्वास व्यक्त गरे ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल कानून आयोग ऐन संशोधन विधेयकमा ७ दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह

नेपाल कानून आयोग ऐन संशोधन विधेयकमा ७ दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह

वि.सं.२०८३ साउन १२ मंगलवार १५:२५

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘नेपाल कानून...

सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट

सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट

वि.सं.२०८३ साउन १२ मंगलवार ०९:११

सोलुखुम्बु । सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकाको जुनियर राष्ट्रिय कराँते टोली...

२४ वर्षमा पनि नसकिएको कमेरोटार आयोजना: कानुनी उल्झन र ढिलाइले स्थानीय आजित

२४ वर्षमा पनि नसकिएको कमेरोटार आयोजना: कानुनी उल्झन र ढिलाइले स्थानीय आजित

वि.सं.२०८३ साउन ११ सोमवार २२:३४

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रस्थित कमेरोटार जग्गा एकीकरण...

सुनसरी घटबनापछि गृहको कडा कदमः सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी घटबनापछि गृहको कडा कदमः सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

वि.सं.२०८३ साउन ११ सोमवार १९:५५

काठमाडौं । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख...

महान्यायाधिवक्ताको कार्यालयले सार्वजनिक गर्यो चौथो रणनीतिक योजना

महान्यायाधिवक्ताको कार्यालयले सार्वजनिक गर्यो चौथो रणनीतिक योजना

वि.सं.२०८३ साउन ११ सोमवार १९:५२

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले आफ्नो चौथो रणनीतिक योजना सार्वजनिक गरेको...

सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन, दोषीमाथि कारबाहीको माग

सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन, दोषीमाथि कारबाहीको माग

वि.सं.२०८३ साउन ११ सोमवार १९:४६

जनकपुर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक...