back

सर्टिफिकेट लगेर बैंक जाँदैमा २५ लाख पाइने हैनः गभर्नर अधिकारी

nactional life

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शैक्षिक प्रमाणपत्र(सर्टिफिकेट) लिएर बैंकमा जाँदैमा मात्रै २५ लाख ऋण पाइन्छ भन्नु गलत धारणा रहेको बताएका छन् । नाफिजले आज आयोजना गरेको कार्यक्रममा अधिकारीले सर्टिफिकेट बोलेर बैंकमा जाँदैमा मात्रै शैक्षिक कर्जा नपाईने बताएका हुन् ।
शैक्षिक कर्जा कुनै भिजन अर्थात योजना, उद्देश्य र त्यसको साथमा योजनाको प्रभावकारीलाई हेरेर दिइने बताउँदै कोही माग्न आयो भने उसलाई दिइ हाल्ने नभएको स्पष्ट पारेका हुन् । उनले भने ‘कोही माग्न आयो भने उसलाई दिई हाल्ने होइन, यसको लागि योजना, उद्देश्य, चाहिन्छ, त्यो प्रभावकारी छ भने पाउन सकिन्छ । त्यो पनि एकै पटक पाउने होइन आवश्यक परेको बेला दिने मात्रै हो ।’

अधिकारीले यसले पार्ने असरको विषयमा पनि छलफल सुरु भएको बताए । त्यसको लागि अहिले राष्ट्र बैंकले २ वटा टाक्सफोर्स बनाए काम गरिरहेको उनको भनाइ छ । एउटाले अर्थ र अर्कोले नीजि क्षेत्रसँग छलफल सुरु गरेको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ को बजेटमा स्नातक तह उतीर्ण गरेका विद्यार्थीका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म सहुलियतपूर्ण कर्जा दिने व्यवस्थ गरेको छ ।

उनका अुनसार सहुलियत पूर्ण कर्जामा केही गलत प्रयोग भएको गुनासो आएको भन्दै त्यस्तालाई कारबाहीको दायरामा ल्याउने बताए । उनले पुर्नकर्जाका लागि आफूसँग आउनु नपर्ने र अहिले रिपेमेन्ट पनि ठूलो रकमको भएको छ । सिएसआर र पुनकर्जाको १ करोड भन्दा बढीको तथ्याङक सार्जननिक गर्ने बताए ।

२०७८ जेठ २४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४१

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२५

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् शक्तिको कारोबार गर्ने...

बढ्दो अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ६० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचिँदै

बढ्दो अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ६० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचिँदै

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२१

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता...

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

स्वास्थ्य मन्त्री निशा मेहताको कडाइ : ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने

स्वास्थ्य मन्त्री निशा मेहताको कडाइ : ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशन...