back

बैंकलाई ब्रोकर लाईसेन्स दिने विषय तरंगित, ‘अति गर्नु, अत्याचार नगर्नु’: बैंकर परशुराम कुवँर क्षेत्री

nactional life

काठमाडौँ । लामो समयदेखि  बैंकका सहायक कम्पनीलाई दिने भनिएको ब्रोकर लाइसेन्सको विषयले नयाँ तरङ्ग लिएको छ । हालै एक प्रभावशाली व्यक्तिले बैकहरुको सहायक कम्पनीहरुलाई ब्रोकर लाईसेन्स नदिनाका कारण ब्रोकरहरुले सम्वन्धितहरुलाई पैसा खुवाएको भन्ने अभिव्यक्ति दिएपछि यो विषय तरङ्गीत बन्न पुगेको हो ।
यसो त अहिले बैंकलाई लाइसेन्स दिने विषय धितोपत्र बोर्डमा गएर अड्किएको छ ।

यसै सन्र्दभमा ग्लोबल आईएमई बैंकका निर्वतमान प्रमुख कार्यकारी अधिकृत परशुराम कुवँर क्षेत्रीले यो जो पायो त्यही भन्ने व्यक्तिले भनेको नभएकोले यसले निश्चित रुपमा केही अर्थ राख्ने उनको भनाई छ ।

क्षेत्रीले बजारमा आरोप चलेअनुसार ब्रोकर कम्पनीहरुको वास्तविक र गोप्य मालिकहरु राजनीतिक तथा प्रशासनिक व्यक्तिहरु रहेको हुनसक्ने प्रसस्त संकेतहरु समेत पेस गरेका छन् । श्रेष्ठले अध्ययनको नाममा ब्रोकर कमीशन घटाउन चाहिने भन्दा बढी समय लिनु, आफ्नै कार्यदलले शिफारिश गरे जतिको पनि नघटाइनु र त्यो कमीशन दरलाई निश्चित दरको रुपमा तोक्नुको सट्टा त्यो दरलाई अरु देशहरुको जस्तो उपल्लो–अधिकतम सिमाको रुपमा तोकेर बजार अर्थशास्त्रलाई–प्रतिस्पर्द्धालाई प्रोत्साहित गर्न सकिने अवस्था भएपनि नगरिनुले यो आरोपमा सत्यता रहेको बताएका छन् ।

उनले भनेका छन् ‘बैक तथा वित्तीय संस्थाहरुले धेरै नाफा कमाय भनेर चाहिदा नचाहिदा नियन्त्रण गर्ने राज्य संचालकहरु न्यून लगानी गरेर कैयौं गुणा नाफा गर्दा अमुक दर्शक भएर बसेका छन्। किन?’

बैकहरुको कोर काम निक्षेप लिने र कर्जा दिने काम मात्र हो भन्ने गरिन्छ, यो सही होईन ! शेयर ब्रोकरीगं गर्ने, विमाको एजेन्सीको काम गर्ने, शेयर किनवेच गर्ने, विदेशी मुद्रा किनवेच गर्ने, कमोडिज् किनवेच गर्ने आदि कार्यहरु बैकहरुको ट्रेजरी कृयाकलापहरु भित्रै पर्दछन् ! यी कार्यहरु गर्ने निश्चित सीमाहरु तथा जोखिम व्यवस्थापन गर्ने प्रावधान निश्चित रुपमा हुन्छन् नै । मेरो साढे तीन दशकको पेशागत जीवनकालमा झण्डै हाम्रो टुडिखेल जत्रो ठुलो ट्रेजरी रुम भयको (विदेशी)बैकले यी काम गरेको देखेको छु ! वेतुकको तर्क गरेर बलिया, ठूला र लगानी गर्न सक्ने बैकहरुलाई यी कार्यहरु गर्न रोकिईएको छ । किनरु सेटलमेंट ग्यारेन्टी फन्डमा लगानी गर्न पर्दा यी फुच्चा फुच्ची ब्रोकर कम्पनीहरुको पशिना आउन थालेको छ।
ढुंगे युगमा नै नवसौं ।अगाडी बढौं। महान अल्वर्ट आइन्स्टाइनले काम सधै एउटै गर्ने तर परिणाम फरक आशा गर्नु पागलपन हो, मुर्खता हो भनेका छन् । फरक तर राम्रो परिणामका लागि काम पनि फरक गरौं, र फरक किसिमले गरौं । शुसासनको हिसावले नांगिने काम नगरौं । अति गर्नु, अत्याचार नगर्नु !’

२०७८ जेठ २४ गते प्रकाशित

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

वि.सं.२०८३ जेठ २५ सोमवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४५

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष उत्तरकुमार खत्रीले मुलुकमा...

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ जेठ २५ सोमवार १४:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एपोलो हाइड्रोपावर लिमिटेडको...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

वि.सं.२०८३ जेठ २५ सोमवार १४:१८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले...

सोपान फर्मास्युटिकल्सको शेयर भोलीदेखि कारोबारमा आउने

सोपान फर्मास्युटिकल्सको शेयर भोलीदेखि कारोबारमा आउने

वि.सं.२०८३ जेठ २४ आइतवार १६:५७

काठमाडौँ ।  सोपान फर्मास्युटिकल्स लिमिटेडको शेयर भोली अर्थात् सोमबारदेखि दोस्रो...

मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला

मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला

वि.सं.२०८३ जेठ २४ आइतवार १६:५३

काठमाडौं। नेपालमा मात्र पाईने एकमात्र चरा काँडेभ्याकुर मधेश प्रदेशमा पहिलो...