back

खाद्यान्नमा बढ्दो परनिर्भरताः आठ महिनामा २८ अर्बको चामल आयात, तरकारी र फलफूलको हिस्सा पनि ठूलो

काठमाडौं । पछिल्लो समय नेपालको खाद्यान्न आयातमा परनिर्भरता झन् बढ्दै गएको पाइएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो आठ महिनाको तथ्यांकअनुसार धान–चामल, मकै, स्याउ र तरकारी जस्ता दैनिक उपभोग्य वस्तुहरूको आयातमा अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि भएको छ ।

भन्सार विभागको तुलनात्मक तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी आयात हुने खाद्य वस्तुमा चामल (धान, चामल र बासमतीसहित) अग्रस्थानमा रहेको छ । गत आर्थिक वर्ष २०८१÷८२ को पहिलो आठ महिनामा २४ अर्ब ३६ करोड रुपैयाँको चामल आयात भएकोमा यस वर्ष १४.६ प्रतिशतले वृद्धि भई २७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा ३ अर्ब ५५ करोड रुपैयाँले बढी हो ।

त्यस्तै, फलफूलतर्फ स्याउको आयातमा पनि १५.५ प्रतिशतको बढोत्तरी देखिएको छ । गत वर्ष ७ अर्ब २ करोडको स्याउ भित्रिएकोमा यस वर्ष ८ अर्ब ११ करोड रुपैयाँ बराबरको स्याउ आयात भएको छ । अन्न बालीअन्तर्गत मकैको आयात पनि ७ अर्ब ९० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १ अर्ब २ करोड (१४.८ प्रतिशत) ले बढी हो ।

भान्सामा दैनिक प्रयोग हुने आलु र प्याजको आयात तथ्यांक पनि उस्तै चुनौतीपूर्ण छ । आठ महिनाको अवधिमा ६ अर्ब ७९ करोड रुपैयाँको आलु आयात भएको छ, जुन गत वर्षको तुलनामा १४.३ प्रतिशतले बढी हो । सबैभन्दा उच्च प्रतिशतको वृद्धि प्याजमा देखिएको छ । प्याजको आयात १९.७ प्रतिशतले बढेर ४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

यी तथ्यांकहरूले नेपाल कृषिप्रधान देश भएतापनि आधारभूत खाद्यान्नमा समेत विदेशी बजारमा निर्भर हुनुपर्ने अवस्थालाई थप प्रष्ट पारेका छन् । उत्पादन बढाउने सरकारी नीति र दाबीका बाबजुद आयातको ग्राफ उकालो लाग्नुले मुलुकको व्यापार घाटा न्यूनिकरणमा ठूलो चुनौती थपिएको छ । विशेषगरी चामल, मकै र तरकारी जस्ता वस्तुमा भएको यो वृद्धिले स्वदेशी उत्पादन र बजार व्यवस्थापनमा गम्भीर प्रश्न खडा गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ साउन १२ मंगलवार १८:१५

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहसँग आर्थिक एजेण्डामा...

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

वि.सं.२०८३ साउन १० आइतवार १६:३१

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका...

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

वि.सं.२०८३ साउन १० आइतवार १२:१४

काठमाडौँ। नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्र तथा प्रवर्द्धकहरूको खर्बौँ रुपैयाँ...

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

वि.सं.२०८३ साउन १० आइतवार ११:५८

काठमाडौँ। नेपालको पूर्वाधार विकासको इतिहासमा एउटा स्वर्णिम अध्याय थप्दै देशकै...

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

वि.सं.२०८३ साउन १० आइतवार ११:४८

काठमाडौं । सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत...

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध

वि.सं.२०८३ साउन १० आइतवार ११:४५

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई ‘एक...