back

राष्ट्र बैंकको तथ्यांक: सरकारको खातामा ३ खर्ब ४६ अर्ब नगद मौज्दात

nactional life

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिना कात्तिकसम्म सरकारको खातामा २ खर्ब २ अर्ब ९७ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा उक्त परिमाण बराबर रकम मौज्दात रहेको हाे।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा नेपाल राष्ट्र बैंकमा रहेको सरकारको नगद हो। जसमा संघीयसँगै प्रदेश तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत हो।

चालु आवको ६ महिनाभर एक खर्ब ९६ अर्ब ५४ करोड रुपैयाँ नगद खातामा थपिएको छ। यसअघिको गत असार मसान्तमा यस्तो मौज्दात एक खर्ब ४९ अर्ब ८३ करोड रुपैयाँ मात्रै थियो।

यस्तै, चालु आवको पुस महिनासम्ममा नेपाल सरकारको कुल खर्च ६ खर्ब ९० अर्ब २२ करोड भएको छ। जसमा चालु खर्च चार खर्ब ८७ अर्ब १४ करोड, पुँजीगत खर्च ४९ अर्ब ४३ करोड र वित्तीय व्यवस्था खर्च एक खर्ब ५३ अर्ब ६५ करोड रुपैयाँ छ।

सरकारको आम्दानीमा कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ५ खर्ब ७७ अर्ब ४० करोड पुगेको छ।

यसअन्तर्गत कर राजस्व ५ खर्ब १६ अर्ब १२ करोड र गैरकर राजस्व ६१ अर्ब २८ करोड रुपैयाँ परिचालन भएको केन्द्रीय बैंकको तथ्याकमा उल्लेख छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४१

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय...

विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२५

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् शक्तिको कारोबार गर्ने...

बढ्दो अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ६० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचिँदै

बढ्दो अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ६० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचिँदै

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२१

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता...

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

स्वास्थ्य मन्त्री निशा मेहताको कडाइ : ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने

स्वास्थ्य मन्त्री निशा मेहताको कडाइ : ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशन...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...