बढ्यो यी पेय पदार्थको मूल्य, अब कतिमा पाइन्छ कोक, फ्यान्टा तथा स्प्राइट?

वि.सं.२०७८ जेठ २१ शुक्रवार

काठमाडौँ । नेपाली बजारमा कोकोकोला, फ्यान्टा तथा स्प्राइटको मूल्य बढेको छ । वोटलर्स नेपाल लिमिटेड बालाजु तथा वोटलर्स नेपाल लिमिटेड तराईले आफ्ना उत्पादनको मूल्यमा केही बढोत्तरी भएको जनाएकोह हो ।
कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै मूल्य बृद्धि गरेको घोषणा गरेको छ । यद्यपी कम्पनीले मूल्य बढाउनुको कारण भने खुलाएको छैन। कम्पनीले १.५ लिटरको कोक र फ्यान्टाको मूल्य प्रति बोतल १६० रुपैयाँ पुगेको छ। कम्पनीले डेढ लिटरमा २० रुपैयाँ बढाएको हो ।
हिजोसम्म मूल्य १४० रुपैयाँ प्रति बोतल थियो । यो खुद्रा मूल्य हो । एक केसको मूल्य (६ बोतल) ९६० रुपैयाँ पुर्याएको छ ।
त्यस्तै, २.२५ लिटरको कोक, फ्यान्टा तथा स्प्राइटकोे मूल्य प्रति वोतल २२५ रुपैयाँ पुर्याएको छ । हिजोसम्म मूल्य २०० रुपैयाँ प्रति बोतल थियो । यो खुद्रा मूल्य हो । एक केसको मूल्य (६ वोतल) १३५० रुपैयाँ पुर्याएको छ ।
कम्पनीले पुरानो मूल्यमा बजारमा उपलब्ध हुने कोक, फ्यान्टा तथा स्प्राइट पुरानै मूल्यमा उपलब्ध हुने जानकारी दिएको छ । आजबाट बजारमा पठाइने उत्पादनको मूल्य मात्र बढेको हो ।
२०७८ जेठ २१ गते प्रकाशित

प्रकाशित समय : ०३:२१ बजे