back
skip this gaugauma singhadarbar

मेलम्चीको पानी एक महिना नआउने

काठमाडौं । मेलम्चीको पानी असार एक गतेबाट केही समयको लागि काठमाडौँ नआउने भएको छ । सुरुङको परीक्षण्को लागि पानी वितरण असार १ गतेदेखि झण्डै एक महिना रोकिने भएको हो ।

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले कार्यविधीअनुसार सुरुङको परीक्षण गर्न लागिएको र परीक्षण सफल भएपछि मात्र पानी पठाउनुपर्ने भएकाले एक महिना बन्द गर्न लागिएको बताए । उनले भने ‘अस्ति सुख्खायाम सूरु भइसकेको हुनाले तुरुन्तै खाली नगरेर पानी नै चलाइदियौ । अब पानी परीक्षण सफल भएपछि पुनः सुचारु गर्ने हो ।’ उनले ठेक्का सम्झौता पनि समापन गर्नुपर्ने भएकाले सुरुङ परीक्षण पूरा गर्नुपर्ने उनको भनाई छ ।

त्यसका लागि कार्यविधिअनुसार सुरुङ खाली गरेर हेर्ने अनि सबै दुरुस्त भएको अवस्थामा फेरि पानी भरेर सूचारु गर्ने बताए । उनले भने, ‘असार १ गतेदेखि पानी विस्तारै सुरुङबाट खाली गर्छौ र निरीक्षण गर्छौ । सबै ठिक भएपछि सधैका लागि पानी सूचारु गर्छौ ।’

अहिले सुरुङमा सफलतापूर्वक पानी चलिरहेको थियो । यद्यपि, आयोजनाले परीक्षणकै क्रममा पानी उपलब्ध गराएको हो । यो परीक्षण सफल भयो भएन भनेर सुरुङ खाली गरेर निरीक्षण गर्नुपर्ने पन्त बताउँछन् । सुरुङ खाली गर्न करिब १५ दिनको समय लाग्छ ।
निरीक्षण गर्दा दुरुस्त पाइयो भने फेरि पानी भरिनेछ । एक महिनाभित्रमा पुनः पानी वितरण सुचारु हुनेछ । मेलम्ची खानेपानीको मुहानमा हाल हेडवक्र्स निर्माण अन्तिम चरणमा पुगेको छ ।

२०७८ जेठ २० गते प्रकाशित

nactional life -asoj
gaugauma singhadarbar

लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल, सरकारको आम्दानी भन्दा खर्च धेरै

लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल, सरकारको आम्दानी भन्दा खर्च धेरै

वि.सं.२०८२ कात्तिक २० बिहीवार १४:५०

काठमाडौं । लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल बन्दै गएको छ...

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:३६

काठमाडौं । काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ...

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १७:१०

काठमाडौं । सरकारले बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम...

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १२:१७

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेपाल विद्युत् प्राधिकरण)का पूर्व कार्यकारी...

कर्जाको माग निरन्तर घट्दो : बैंक तथा वित्तीय संस्थामा कति छ पैसा  ?

कर्जाको माग निरन्तर घट्दो : बैंक तथा वित्तीय संस्थामा कति छ पैसा  ?

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १२:०७

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब...

चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौताको पहिलो किस्ता

चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौताको पहिलो किस्ता

वि.सं.२०८२ कात्तिक १८ मंगलवार ०९:२८

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको रुपन्देहीमा...