back

मेलम्चीको पानी एक महिना नआउने

nactional life

काठमाडौं । मेलम्चीको पानी असार एक गतेबाट केही समयको लागि काठमाडौँ नआउने भएको छ । सुरुङको परीक्षण्को लागि पानी वितरण असार १ गतेदेखि झण्डै एक महिना रोकिने भएको हो ।

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले कार्यविधीअनुसार सुरुङको परीक्षण गर्न लागिएको र परीक्षण सफल भएपछि मात्र पानी पठाउनुपर्ने भएकाले एक महिना बन्द गर्न लागिएको बताए । उनले भने ‘अस्ति सुख्खायाम सूरु भइसकेको हुनाले तुरुन्तै खाली नगरेर पानी नै चलाइदियौ । अब पानी परीक्षण सफल भएपछि पुनः सुचारु गर्ने हो ।’ उनले ठेक्का सम्झौता पनि समापन गर्नुपर्ने भएकाले सुरुङ परीक्षण पूरा गर्नुपर्ने उनको भनाई छ ।

त्यसका लागि कार्यविधिअनुसार सुरुङ खाली गरेर हेर्ने अनि सबै दुरुस्त भएको अवस्थामा फेरि पानी भरेर सूचारु गर्ने बताए । उनले भने, ‘असार १ गतेदेखि पानी विस्तारै सुरुङबाट खाली गर्छौ र निरीक्षण गर्छौ । सबै ठिक भएपछि सधैका लागि पानी सूचारु गर्छौ ।’

अहिले सुरुङमा सफलतापूर्वक पानी चलिरहेको थियो । यद्यपि, आयोजनाले परीक्षणकै क्रममा पानी उपलब्ध गराएको हो । यो परीक्षण सफल भयो भएन भनेर सुरुङ खाली गरेर निरीक्षण गर्नुपर्ने पन्त बताउँछन् । सुरुङ खाली गर्न करिब १५ दिनको समय लाग्छ ।
निरीक्षण गर्दा दुरुस्त पाइयो भने फेरि पानी भरिनेछ । एक महिनाभित्रमा पुनः पानी वितरण सुचारु हुनेछ । मेलम्ची खानेपानीको मुहानमा हाल हेडवक्र्स निर्माण अन्तिम चरणमा पुगेको छ ।

२०७८ जेठ २० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:००

काठमाडौँ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष...

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...