खानिखाला हाइड्रोको कारोबार रोक्का
वि.सं.२०७८ जेठ २० बिहीवार
काठमाडौँ । खानीखोला हाइड्रोपावर कम्पनीको शेयर कारोबार रोक्का भएको छ । कम्पनीले वित्तीय विवरणहरु सार्वजनिक नगरेको भन्दै नेप्सेले दोस्रो बजारमा कारोबार रोक्का गरेको हो ।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२ क मा भएको व्यवस्था बमोजिम वित्तीय विवरणहरु नेप्सेमा पेश नगरेको जेठ २० गते देखि कारोबार रोक्का गरेको हो ।
बिहीबार खानीखोला हाइड्रोपावरको शेयरमूल्य २.३४ प्रतिशतले घटेर प्रतिकित्ता २५० रुपैयाँमा अन्तिम कारोरबार भएको छ ।
२०७८ जेठ २० गते प्रकाशित
प्रकाशित समय : ११:४६ बजे