back

काठमाडौँ महानगरले गर्‍यो ३ वर्षको आय–व्यय प्रक्षेपण, आम्दानीभन्दा खर्च दोब्बरको अनुमान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी तीन आर्थिक वर्षका लागि आय–व्यय प्रक्षेपण सार्वजनिक गरेको छ।

आज महानगरकी उपप्रमुख तथा राजस्व परामर्श समितिकी संयोजक सुनिता डङ्गोलको अध्यक्षतामा बसेको बैठकले आन्तरिक आयका स्रोत, राजस्वको दायरा र खर्चको लेखाजोखा गर्दै तीन वर्षे आय–व्यय प्रक्षेपण गरेको हो।

बैठकले आर्थिक वर्ष २०८३र८४ का लागि १५ अर्ब १३ करोड ३० लाख ५५ हजार, आव २०८४र८५ का लागि १५ अर्ब ५१ करोड ८१ लाख ६० हजार र आव २०८५र८६ का लागि १५ अर्ब ९८ करोड ८६ लाख ६५ हजार रुपैयाँ आय अनुमान गरेको छ।

महानगरका अनुसार आर्थिक वर्ष २०८१र८२ को यथार्थ आय १० अर्ब ७४ करोड ४४ लाख ५४ हजार रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षका लागि १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ आय लक्ष्य राखिएकोमा हालसम्म ५ अर्ब ६९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।
चयथब िष्लाष्भमिन्द िबमअबिककष्अतभअज क्ष्अभ बलम बम

व्ययतर्फ भने आव २०८३र८४ का लागि २७ अर्ब ६२ करोड ५७ लाख ७५ हजार, आव २०८४र८५ का लागि ३० अर्ब ३८ करोड ८३ लाख ५२ हजार र आव २०८५र८६ का लागि ३३ अर्ब ४२ करोड ७१ लाख ८७ हजार रुपैयाँ खर्च अनुमान गरिएको छ।

बैठकमा आम्दानी र खर्चको तुलनात्मक विश्लेषण गर्दै उपप्रमुख डङ्गोलले आयले खर्च नियन्त्रण गर्ने प्रणाली स्थापित गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले आय–व्यय प्रक्षेपणलाई यथार्थपरक बनाउन तेस्रो पक्षबाट अध्ययन गरी आधार, तथ्य र व्यवहारिकता सुनिश्चित गर्नुपर्ने सुझाव दिनुभयो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहमा स्रोत अनुमान तथा निर्धारण समितिको व्यवस्था रहेको छ। समितिले आन्तरिक आय, राजस्व बाँडफाँट, अनुदान, ऋण तथा अन्य आम्दानीको प्रक्षेपण गर्दै बजेट सीमा निर्धारण र सन्तुलित वितरणको खाका तयार गर्ने गर्दछ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकटताबीच गौमूल पालिकाको प्रगति : पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार, बजेट वितरणमा पुनर्विचारको माग

विकटताबीच गौमूल पालिकाको प्रगति : पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार, बजेट वितरणमा पुनर्विचारको माग

वि.सं.२०८३ साउन ११ सोमवार ०९:०४

काठमाडौं । बाजुरा जिल्लाको मानव विकास सूचकांकमा ७७ औँ स्थानमा...

बुढानीलकण्ठमा ‘थर्ड वल्र्ड मिक्स बक्सिङ च्याम्पियनसिप २०२६’, ११ देशका खेलाडीबीच प्रतिस्पर्धा हुने

बुढानीलकण्ठमा ‘थर्ड वल्र्ड मिक्स बक्सिङ च्याम्पियनसिप २०२६’, ११ देशका खेलाडीबीच प्रतिस्पर्धा हुने

वि.सं.२०८३ साउन १० आइतवार १८:५०

काठमाडौं । नेपाल मिक्स बक्सिङ एसोसिएसनको आयोजनामा तथा बुढानीलकण्ठ नगरपालिकाको...

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

वि.सं.२०८३ साउन १० आइतवार १६:३१

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका...

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

वि.सं.२०८३ साउन १० आइतवार १२:१४

काठमाडौँ। नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्र तथा प्रवर्द्धकहरूको खर्बौँ रुपैयाँ...

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

वि.सं.२०८३ साउन १० आइतवार ११:५८

काठमाडौँ। नेपालको पूर्वाधार विकासको इतिहासमा एउटा स्वर्णिम अध्याय थप्दै देशकै...

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

वि.सं.२०८३ साउन १० आइतवार ११:४८

काठमाडौं । सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत...