back

नयाँ टाटा पञ्च एसयूभी भारतीय बजारमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौँ । भारतीय बजारमा टाटा पञ्चको नयाँ एसयूभी सार्वजनिक भएको छ । सुरुवाती मूल्य ५ लाख ५९ हजार भारतीय रुपैयाँमा कम्पनीले आफ्ना एक्स शोरुमहरुमा बिक्रीका लागि उपलब्ध गराएको छ ।

हुन्डाइ एक्स्टर (५ लाख ७४ हजार देखि ९ लाख ६१ हजार भारतीय रुपैयाँ), मारुती फ्रोन्क्स (६ लाख ८५ हजार देखि ११ लाख ९८ हजार भारतीय रुपैयाँ) र सिटोन सी३ (४ लाख ९५ हजार देखि १० लाख २१ हजार भारतीय रुपैयाँ मूल्य पर्ने यी गाडीसँग टाटा पञ्चले प्रतिष्पर्धा गर्नेछ ।

टाटा पञ्च गाडी लन्च भएसँगै भारतीय बजारमा त्यसको बुकिङ समेत खुलेको छ । नयाँ टाटा पञ्च विभिन्न ६ वटा ट्रिमहरु उपलब्ध हुने कम्पनीले जनाएको छ ।

जसमा स्मार्ट (नयाँ), प्योर, प्योर प्लस, एडभेन्चर, एक्मिप्लश्ड र एक्मिप्लश्ड प्लस ट्रिमहरुमा उपलव्ध छन् । यो एसयूभी ६ वटा विभिन्न कलरमा उपलब्ध छन् । जसमा डेटोना ग्रे, साइन्टिफिक ब्लू, बेङ्गाल रुस(रातो), कुर्ग क्लाउड्स, कारमेल(पहेँलो) र प्रिस्टाइन ह्रवाइट(सेतो) रंग विकल्पमा उपलब्ध छन् ।

नयाँ टाटा पञ्च फेसलिफ्ट अब नेक्सनबाट प्राप्त १.२ लिटर टर्बोचाज्र्ड पेट्रोल इन्जिनका साथ उपलब्ध हुनेछ । ६ स्पीड म्यानुअल गियरबक्स जोडिएको यो मोटरले अधिकतम १२० पीएस पावर १७० एनएम टर्क उत्पन्न गर्नेछ । यसले ११.१ मिनेटको समयमा ० देखि १०० किलोमिटर प्रतिघण्टा गति बढाउने कम्पनीको दाबी छ ।१.२ लिटर पेट्रोल र १.२ लिटर पेट्रोलसहित सीएनजी पावरट्रेन विकल्पहरु प्रि फेसलिफ्ट पञ्चबाट लिइएको हो ।

एनए पेट्रोल इन्जिनले ८८ बीएचपी र ११५ एनएम टर्क उत्पादन गर्छ । नयाँ पञ्चको क्याबिन लेआउट पञ्च इभीसँग मिल्दोजुल्दो नै छ । ड्यासबोर्ड डिजाइन भने अपरिवर्तीत छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ नेपालमा, अन्तर्राष्ट्रिय विस्तारको पहिलो गन्तव्य बन्यो नेपाल

हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ नेपालमा, अन्तर्राष्ट्रिय विस्तारको पहिलो गन्तव्य बन्यो नेपाल

वि.सं.२०८३ साउन ११ सोमवार ०९:३८

काठमाडौं । भारतीय दुईपांग्रे सवारी निर्माता हिरो मोटोकर्पको विद्युतीय ब्रान्ड...

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:१६

काठमाडौँ । नयाँ चार पाङ्ग्रे गाडी खरिद गर्नुपर्ने भएमा अनिवार्य...

‘नाइमा अटो शो सवारीसाधन विक्री गर्ने मन्च मात्र होइन, सम्बन्धित विषयमा वहस गर्ने साझा थलो हो’

‘नाइमा अटो शो सवारीसाधन विक्री गर्ने मन्च मात्र होइन, सम्बन्धित विषयमा वहस गर्ने साझा थलो हो’

वि.सं.२०८३ साउन ५ मंगलवार १३:५५

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले साउन...

प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा

प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा

वि.सं.२०८३ साउन ५ मंगलवार १३:४६

काठमाडौं । प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा सार्वजनिक भएको...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...