back

गत २४ घण्टामा २५३१ सवारीसाधन कारवाहीमा, विभिन्न सिमानाकाबाट २, १९७ जनसंख्या भित्रिय

nactional life

काठमाडौँ । हिजो मंगलबार दिनभरमा २ हजार ५३१ सवारी साधन कारबाहीमा परेका छन् । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले उनीहरुलाई कारवाही गरेको हो ।
यसका साथै कोभिड नियन्त्रणको लागि मंगलबार क्वारेन्टिनहरुको गुणस्तर सुनिश्चितता र नियम पालनाका लागि ११७ क्वारेन्टिनको स्थलगत अनुगमन गरेको गृह मन्त्रालयले जानकारी गराएको छ ।
गृह मन्त्रालयका अनुसार समिक्षा अवधिमा अक्सिजन उत्पादन, आपूर्ति र वितरणलाई प्रभावकारी बनाउन १८५ स्थानमा अनुगमन भएको छ । स्थानीय प्रशासनबाट १९५ अक्सिजन सिलिण्डर सङ्कलन गरी वितरण समेत गरिएको छ ।
मंगलबार देशभरका विभिन्न सीमानाकाहरुबाट २ हजार १९७ जना नेपाल प्रवेश गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार फ्रान्स सरकारले प्रदान गरेको ५०४००० थान एफ.एफ.पी.टु मास्क, २०२२५ थान एन्टिजेन टेस्ट किट, १४ सेट रेस्पिरेटर र तिनका लागि चाहिने सरसामान एवम् १२००० थान भइजर फ्रान्सको चार्टड विमान मार्फत नेपाल आइपुगेको र ती सामग्री आज फ्रान्सेली राजदूतले स्वास्थय तथा जनसंख्या मन्त्री समक्ष हस्तान्तरण भइसकेका छन् ।
त्यस्तै कोरिया सरकारले नेपाललाई सहायता स्वरुप उपलब्ध गराउने २ लाख अमेरिकी डलर बराबरको १७,७६० आर.टी.पी.सी.आर.टेस्ट किट्स ४ जुनमा हस्तान्तरण गरिने भएको छ ।
साथै ३७८ अक्सिजन कन्सन्ट्रेटर आउँदो जुलाई–अगष्ट सम्ममा नेपाली पक्षलाई हस्तान्तरण गरिने भएअनुरुप सम्बन्धित निकायसँग आवस्यक समन्वयन भइरहेको मन्त्रालयले जनाएको छ ।
यसरी नै यू.ए.ई सरकारले प्रदान गरेका १५० भेन्टिलेटर सहितका स्वास्थ्य सामग्रीहरु आज चार्टर्ड विमानद्धारा काठमाडौँ आउने जनाईएको छ ।
यस्तै अर्थामन्त्रलयका अनुसार कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको लागि २२,०९,७१४ थान मेडिकल उपकरणहरु, १०,५५७ एम.टी.क्यू. अक्सिजन, ९, ००,८०० भायल्स काभिड–१९ भ्याक्सिन, कोभिड–१९ टेस्ट किट तथा स्यानिटाइजर लगायतका औषधीहरु पैठारी भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार संयुक्त अनुगमन टोीबाट ८ स्थानमा बजार अनुगमन भएको छ ।
काठमाडाँै उपत्यकामा ५,९८३ र उपत्यका बाहिर ८,६२२ गरी जम्मा १४, ६०५ सिलिण्डर अक्सिजन उत्पादन भएको छ ।
यसैगरी मंगलबार त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलका साथै पोखरा, सुर्खेत, नेपालगञ्ज र लुक्ला विमानस्थलबाट विभिन्न वायुसेवाले २३ आन्तरिक उडान भरी जम्मा ४१ यात्रुको उद्धार गरिएको र कुल उडानमध्ये मेडकल उद्धारको लागि उडान संख्या १४ रहेको हो ।

२०७८ जेठ १९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:००

काठमाडौँ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष...

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...