back

नेप्से ५५.७६ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ५५.७६ अङ्कको सुधार भई दुई हजार ८२७.१२ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ७.८३ ले वृद्धि भई ५०५.१५ मा पुगेको छ । कूल २१९ कम्पनीको दुई करोड २६ लाख १३ हजार २९ कित्ता शेयर रु ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३५६ मा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोवार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको बाहेक अरु सबै उपसमूहको शेयर उकालो लागेको छ । सामूहिक लगानी कोष ०.०२ ले घट्दा बैंकिङ ८.८, व्यापार १५.१२, होटल तथा पर्यटन ९२.३५, विकास बैंक २२५.६६, जलविद्युत् ८१.८२, वित्त १३७.८३, निर्जीवन बीमा ४७९.११, उत्पादन १३६.३४, अन्य ११०.७७, लघुवित्त ६९.६३, जीवन बीमा ३७४.१७ र लगानी ०.९२ ले उकालो लागेको छ ।

कारोवारका आधारमा आज पनि नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु एक अर्ब ३७ करोड ८७ लाख ९० हजार ६२२ बराबरको कारोवार भएको छ । यस्तै निर्धन उत्थान लघुवित्त रु ३३ करोड ४५ लाख ८४ हजार ८४०, सानिमा माई हाइड्रोपावर रु ३२ करोड १९ लाख ६३ हजार ३३१, लुम्बिनी विकास बैंक रु २९ करोड ७९ लाख ३९ हजार ५०३ र ज्योति विकास बैंक रु २३ करोड एक लाख २२ हजार ६७२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार राष्ट्रिय बीमा कम्पनी र सानिमा माई हाइड्रो पावरको शेयर १० प्रतिशलते वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मन्जुश्री फाइनान्स ९.९७, पोखरा फाइनान्स ९.९७ र समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतले कमाए । त्यस्तै राधी विद्युत् कम्पनी ७.२३, एनबिएिल ऋणपत्र १.७८, विशाल बजार कम्पनी १.६७, सिटिजन म्युचुअल फण्ड १.६१ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम दोस्रोका लगानीकर्ताले १.५४ प्रतिशतले गुमाए । बुधबारको कारोवारपछि बजार पुँजीकरण रु ३९ खर्ब २३ अर्ब आठ करोड ३५ लाख ८८ हजार ४० बराबर पुगेको छ ।

२०७८ जेठ १९ गते प्रकाशित


melung
उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...

आइएमई लाइफ इन्स्योरेन्सको साढे १५ करोड बराबरको सेयर किनबेच, कति पुग्यो मूल्य ?

आइएमई लाइफ इन्स्योरेन्सको साढे १५ करोड बराबरको सेयर किनबेच, कति पुग्यो मूल्य ?

वि.सं.२०८० साउन २४ बुधवार १६:३८

काठमाडौं । कारोबारमा आएको तेस्रो दिन आइएमई इन्स्योरेन्स साढे १५...

धितोपत्र बोर्डका वार्षिक योजना सार्वजनिक : ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म

धितोपत्र बोर्डका वार्षिक योजना सार्वजनिक : ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म

वि.सं.२०८० साउन १५ सोमवार १४:१५

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को...

शेयर धितो कर्जाको जोखिम भार कति तोक्ने भन्नेमा हामी स्पष्ट छौँ : गभर्नर

शेयर धितो कर्जाको जोखिम भार कति तोक्ने भन्नेमा हामी स्पष्ट छौँ : गभर्नर

वि.सं.२०८० साउन ८ सोमवार १०:४९

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर, घरजग्गा र...

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

वि.सं.२०८० साउन ३ बुधवार ११:४१

काठमाडौं । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक...

बजार दोहोरो अकंले बढ्यो, परिसूचक २१ सय नजिक

बजार दोहोरो अकंले बढ्यो, परिसूचक २१ सय नजिक

वि.सं.२०८० असार २७ बुधवार १५:२६

काठमाडौं । असार मसान्तको प्रभावले दुई दिन निरन्तर घटेको बजार...