back
national life

पाँच महिनामै साढे ३८ अर्ब बढी वैदेशिक लगानी प्रतिवद्धता, २ सय ३६ वटा आईसीटीसँग सम्बन्धित

४३८ उद्योगमध्ये ४२३ वटा साना, ८ वटा मझौला र केवल ७ वटा ठूला उद्योगमा लगानी प्रतिवद्धता आएको छ ।

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा ३८ अर्ब ५९ करोडको वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।उद्योग विभागले सार्वजनिक गरेको विवरणअनुसार साउनदेखि मंसिरसम्म स्वीकृत भएका परियोजनामार्फत ३८ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी लगानी प्रतिवद्धता आएको हो ।

समीक्षा अवधिमा कुल ४ सय ३८ वटा विदेशी लगानीसम्बन्धी परियोजना स्वीकृत भएका छन् । परियोजनाको संख्याका आधारमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्र शीर्ष स्थानमा देखिएको छ । कुल स्वीकृत परियोजनामध्ये २ सय ३६ वटा आईसीटीसँग सम्बन्धित छन्, जसले आधाभन्दा बढी हिस्सा ओगटेको छ । आईसीटी क्षेत्रको विकाससँगै यसले अगामी दिनमा मुलुकको अर्थतन्त्रमा आफ्नो योगदानलाई बढाउने देखिएको छ ।

लगानी रकमका हिसाबले भने कृषि तथा वनजन्य उद्योग क्षेत्र सबैभन्दा बढि लगानी प्रतिवद्धता आएको छ । यस क्षेत्रमा मात्रै करिब २२ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ।त्यस्तै, पर्यटन क्षेत्रले उल्लेख्य स्थान ओगटेको छ, सो क्षेत्रका १ सय ३५ वटा परियोजनामार्फत १० अर्ब रुपैयाँभन्दा बढी लगानी प्रस्ताव आएको उद्योग विभागको तथ्यांकमा उल्लेख छ ।

क्षेत्रगत रूपमा हेर्दा पाँच महिनामा कुल लगानी प्रतिबद्धतामध्ये सूचना तथा प्रविधि क्षेत्रमा ५४ प्रतिशत, पर्यटन क्षेत्रमा ३१ प्रतिशत, सेवा क्षेत्रमा ६ प्रतिशत, उत्पादन क्षेत्रमा ६ प्रतिशत र कृषि क्षेत्रमा ३ प्रतिशत रहेको छ । परियोजनाको संख्या धेरै भएपनि आईसीटी क्षेत्रमा आएको लगानी रकम भने करिब १ अर्ब रुपैयाँमै सीमित छ ।

परियोजनाको आकारका आधारमा हेर्दा स्वीकृत ४३८ उद्योगमध्ये ४२३ वटा साना, ८ वटा मझौला र केवल ७ वटा ठूला उद्योगमा लगानी प्रतिवद्धता आएको छ ।

उद्योग विभागका अनुसार मंसिर महिनामा मात्रै ५६ वटा उद्योगमा करिव १ अर्ब ९१ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । तीमध्ये अधिकांश साना उद्योग रहेका छन् । यसै अवधिमा विदेशी लगानीकर्ताले रोयल्टीवापत १ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता लैजान विभागबाट स्वीकृति पाएका छन् ।

national life
gaugauma singhadarbar

वित्तीय प्रणालीको स्थायित्व र पारदर्शितामा जोड दिन गभर्नरको अनुरोध

वित्तीय प्रणालीको स्थायित्व र पारदर्शितामा जोड दिन गभर्नरको अनुरोध

वि.सं.२०८२ माघ २८ बुधवार १७:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक...

जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन

जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन

वि.सं.२०८२ माघ २७ मंगलवार १५:५२

काठमाडौं । ग्रामीण तथा अर्ध–शहरी क्षेत्रमा दिगो आर्थिक विकास परियोजना...

चालु आवमा बजेट खर्च १५ खर्ब १५ अर्बमै सीमित हुने सरकारको अनुमान

चालु आवमा बजेट खर्च १५ खर्ब १५ अर्बमै सीमित हुने सरकारको अनुमान

वि.सं.२०८२ माघ २७ मंगलवार १४:४०

काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२\८३ को बजेटको...

कतार चेम्बर अफ कमर्सका प्रतिनिधि र राष्ट्र बैंकका गर्भनर पौडेलबीच भेटवार्ता

कतार चेम्बर अफ कमर्सका प्रतिनिधि र राष्ट्र बैंकका गर्भनर पौडेलबीच भेटवार्ता

वि.सं.२०८२ माघ २७ मंगलवार १३:४४

काठमाडौं । नेपाल–कतारबीच द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई अझ...

राष्ट्र बैंकको तथ्यांक:  सरकारको खातामा ३ खर्ब ४६ अर्ब नगद मौज्दात

राष्ट्र बैंकको तथ्यांक: सरकारको खातामा ३ खर्ब ४६ अर्ब नगद मौज्दात

वि.सं.२०८२ माघ २६ सोमवार १९:३७

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिना कात्तिकसम्म...

३ अर्ब ९० करोड ९७ लाख लागतमा म्यार्दी जलविद्युत आयोजना निर्माण हुने

३ अर्ब ९० करोड ९७ लाख लागतमा म्यार्दी जलविद्युत आयोजना निर्माण हुने

वि.सं.२०८२ माघ २६ सोमवार १३:३६

काठमाडौं । मनाङ जिल्लाको नासोङ गाउँपालिका र लमजुङ जिल्लाको मर्स्याङ्दी...