बीमा समितिद्धारा हिमालयन पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय
वि.सं.२०७८ जेठ १७ सोमवार
काठमाडौं । बीमा समितिले हिमालयन पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने भएको छ । समितिले सुरुको चरणमा लाइसेन्सको लागि पहल गर्ने कम्पनीहरूलाई पुनर्बीमाको लाइसेन्स नदिएर अन्तिममा आएको हिमालयन पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिएको हो ।
काठमाडौं पुनर्बीमा कम्पनीले १५ अर्ब रुपियाँ पुँजीसहितको नयाँ कम्पनीका लागि प्रस्ताव पेश गरे पनि समितिले १० अर्ब रुपियाँ पुँजी प्रस्तावित कम्पनीलाई लाइसेन्स दिएको छ ।
समितिका प्रवक्ता राजुरमण पौडेलले हिमालयनलाई पुनर्बीमाको लाइसेन्स दिने निर्णय भएको जानकारी दिए । उनले पाँच कम्पनीमध्ये हिमालयनको प्रस्तावलाई समितिले योग्य ठहर गर्दै लाइसेन्स दिने निर्णय भएको बताए ।
जेठ १७ गते प्रकाशित
प्रकाशित समय : ०७:५७ बजे