back

नेको इन्स्योरेन्सको २५ पुरा, चुक्ता पूँजी १ अर्ब ३१ करोड रुपैयाँ पुग्यो

काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेड जेठ १७ गतेबाट २५ बर्ष पुरा गरी २६ औं वर्षको यात्रामा प्रवेश गरेको छ । नेको इन्स्योरेन्सले २०५३ साल जेठ १७ गते बीमा समितिबाट अनुमति पाई कारोबार सुरु गरेको थियो ।

प्रमोटर शेयरलगानीकर्ताको ३ करोड रुपैयाँ चुक्ता पूँजीबाट कारोबार शुरु गरेको यस कम्पनीले २५ वर्षको संघर्षबाट १ अर्ब ३१ करोड ७४ लाख ३२ हजार रुपैयाँ चुक्ता पुजि पुर्याएको छ । २०५१ सालमा कम्पनी दर्ता गरेको भएपनि दुई वर्षको प्रयासपछि बीमा समितिबाट अनुमति पाएको थियो । नेको इन्स्योरेन्समा गैर आवासीय नेपाली तथा स्वदेशी व्यवसायी समुहको लगानी रहेको छ ।

नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ३६ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, कम्पनीको जगेडा कोषमा ६८ करोड २३ लाख १७ हजार रुपैयाँ रहेको छ । कम्पनीको बीमा कोष १ अर्ब ७१ लाख ५५ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ५२ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ५९ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ४६.८८ गुणा रहेको छ ।

हाल कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा अशोक कुमार खड्का र सञ्चालक समितिको अध्यक्षमा रोहित कुमार भट्टराई रहेका छन् ।

जेठ १७ गते प्रकाशित


विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड

विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड

वि.सं.२०८२ असार ५ बिहीवार २०:३२

काठमाडाैं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ...

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार ५ बिहीवार १५:४५

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले नेपालको विकासिल मुलुकमा...

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

वि.सं.२०८२ असार २ सोमवार १८:४३

झापा  । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा...

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...