back
national life

नेको इन्स्योरेन्सको २५ पुरा, चुक्ता पूँजी १ अर्ब ३१ करोड रुपैयाँ पुग्यो

काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेड जेठ १७ गतेबाट २५ बर्ष पुरा गरी २६ औं वर्षको यात्रामा प्रवेश गरेको छ । नेको इन्स्योरेन्सले २०५३ साल जेठ १७ गते बीमा समितिबाट अनुमति पाई कारोबार सुरु गरेको थियो ।

प्रमोटर शेयरलगानीकर्ताको ३ करोड रुपैयाँ चुक्ता पूँजीबाट कारोबार शुरु गरेको यस कम्पनीले २५ वर्षको संघर्षबाट १ अर्ब ३१ करोड ७४ लाख ३२ हजार रुपैयाँ चुक्ता पुजि पुर्याएको छ । २०५१ सालमा कम्पनी दर्ता गरेको भएपनि दुई वर्षको प्रयासपछि बीमा समितिबाट अनुमति पाएको थियो । नेको इन्स्योरेन्समा गैर आवासीय नेपाली तथा स्वदेशी व्यवसायी समुहको लगानी रहेको छ ।

नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ३६ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, कम्पनीको जगेडा कोषमा ६८ करोड २३ लाख १७ हजार रुपैयाँ रहेको छ । कम्पनीको बीमा कोष १ अर्ब ७१ लाख ५५ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ५२ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ५९ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ४६.८८ गुणा रहेको छ ।

हाल कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा अशोक कुमार खड्का र सञ्चालक समितिको अध्यक्षमा रोहित कुमार भट्टराई रहेका छन् ।

जेठ १७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
national life

चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

वि.सं.२०८२ फागुन २७ बुधवार १२:५९

काठमाडौं । चीनले विकास गरेको नयाँ पुस्ताको हाई–स्पिड ट्रेन ‘सीआर४५०’...

एडीबीले नेपाललाई स्वीकृत गर्‍यो पौने ६ अर्ब सहुलियत ऋण

एडीबीले नेपाललाई स्वीकृत गर्‍यो पौने ६ अर्ब सहुलियत ऋण

वि.सं.२०८२ फागुन २७ बुधवार ०९:५६

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई ४ करोड...

कालिन्चोक हाइड्रोपावरको आईपीओमा आवेदन दिने अवधि लम्बियो

कालिन्चोक हाइड्रोपावरको आईपीओमा आवेदन दिने अवधि लम्बियो

वि.सं.२०८२ फागुन २७ बुधवार ०९:५१

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले फागुन १३ गतेदेखि आयोजना प्रभावित...

शिखर पावर डेभलपमेन्टको आईपीओमा १६ गुणा बढी आवेदन

शिखर पावर डेभलपमेन्टको आईपीओमा १६ गुणा बढी आवेदन

वि.सं.२०८२ फागुन २७ बुधवार ०९:४८

काठमाडौं । शिखर पावर डेभलपमेन्ट कम्पनीको आईपीओमा १६ गुणा बढी...

प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा ६ जनाको नाम सिफारिस

प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा ६ जनाको नाम सिफारिस

वि.सं.२०८२ फागुन २७ बुधवार ०९:१५

काठमाडौं । सर्वोच्च अदालतको प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम...

आजदेखि टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ खुला

आजदेखि टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ खुला

वि.सं.२०८२ फागुन २७ बुधवार ०९:११

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित...