back
skip this gaugauma singhadarbar

गृह मन्त्रालयमा २ अर्व ३६ करोड १२ लाख बढी बेरुजु फर्छयौट

काठमाडौं ।  बेरुजु फर्छयौट गरी बित्तीय सुशासन कायम गर्न गृह मन्त्रालयको क्रियाशिलता बढेको छ ।

गृहमन्त्री रमेश लेखकको गृह नेतृत्वको पहिलो बर्षमा आ व २०८१/०८२ मा हालसम्मकै उच्च रु २ अर्व ३६ करोड १२ लाख ६३ हजार बेरुजु रकम गृह मन्त्रालयले फर्छयौट तथा गरेको छ । अघिल्लो आर्थिक बर्षसम्म गृह मन्त्रालय अन्र्तगत कुल बेरुजु ३ अर्व ७२ करोड ४५ लाख ८७ हजार फर्छयौट बाँकी रहेको थियो ।

गृह मन्त्रालय आर्थिक प्रशासन शाखाका प्रमुख उपसचिव खडानन्द अधिकारीले गृहमन्त्री लेखकको निर्देशन तथा गृहसचिवको समन्वय तथा निर्देशन र मातहतका निकायहरुको सहयोग र आर्थिक प्रशासनको सक्रियताले सम्परीक्षण र बित्तीय सुशासन कायम गर्न मन्त्रालय अग्रस्थानमा रहेको बताए। मन्त्रालयका अनुसार गत आर्थिक बर्षमा सम्परीक्षण तथा फर्छयौट प्रगति ६३.१७ प्रतिशत रहेको छ ।

‘चालु आर्थिक बर्षमा अब रु १ अर्व ४७ करोड ४५ लाख मात्रै कुल बेरुजु बाँकी छ ’ । आर्थिक प्रशासन शाखाका प्रमुख अधिकारीले भने । कार्य योजना बनाएरै मन्त्रालय बेरुजु फच्र्यौटमा लागेको छ ।’

उनले तीन वर्ष यताको बेरुजुको अवस्था हेर्दा आर्थिक बर्ष २०८१/०८२ मा लेखापरीक्षण अंकको आधारमा बेरुजु ०.०९ प्रतिशतमा झरेको बताएका छन् । ‘आर्थिक बर्ष २०७८/०७९ मा १.४१ प्रतिशत लेखापरीक्षण अंकको आधारमा बेरुजु थियो ।’ अधिकारीले भने, ‘अहिले शुन्य प्रतिशतमा झरेको छ ’ मन्त्रालयले बेरुजु फच्र्यौट समन्वयका लागि आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुखको संयोजकत्वमा समिति समेत गठन गरेको छ ।

समितिले विगत बर्षहरुको बेरुजु लागतलाई अभिलेखीकरण गर्ने, नियमित कार्य योजना बमोजिम समितिको बैठक बसेर प्रगति समिक्षा गर्ने लगायतका काम निरन्तर गर्दै आएको छ । त्यसका साथै मन्त्रालयले असुल उपर र पेश्की बेरुजुका सम्वन्धमा सम्वन्धीत निकायका र व्यक्तिलाई ताकेता गर्ने बेरुजु फच्र्यौट, सम्परीक्षण र बित्तीय सुशासन सम्वन्धी काम गर्दै आएको छ ।


अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष जुटबीच शिष्टाचार भेट

अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष जुटबीच शिष्टाचार भेट

वि.सं.२०८२ भदौ १७ मंगलवार १३:३३

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका...

वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर सरकार भएको अर्थमन्त्रीको दाबी

वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर सरकार भएको अर्थमन्त्रीको दाबी

वि.सं.२०८२ भदौ १५ आइतवार १३:३२

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार, सबैभन्दा बलियो र...

राष्ट्र बैंकले भदौ २९ देखि दशैंका लागि सुकिला नोट सटहि गर्ने

राष्ट्र बैंकले भदौ २९ देखि दशैंका लागि सुकिला नोट सटहि गर्ने

वि.सं.२०८२ भदौ १५ आइतवार ११:००

काठमाडौं । यस वर्षको दशैंका लागि नेपाल राष्ट्र बैंकले यही...

अटोमोबाइल क्षेत्रको विकासका लागि स्थिर कर्जा नीति आवश्यक

अटोमोबाइल क्षेत्रको विकासका लागि स्थिर कर्जा नीति आवश्यक

वि.सं.२०८२ भदौ ५ बिहीवार १९:३७

काठमाडौं । सरोकारवालाहरूले अटोमोवाइल क्षेत्रका लागि स्थिर कर्जा नीति आवश्यक...

अर्थ मन्त्रालयका अनुसार वैदेशिक सहायता प्राप्ति घट्यो, यस्तो छ तथ्याङ्क

अर्थ मन्त्रालयका अनुसार वैदेशिक सहायता प्राप्ति घट्यो, यस्तो छ तथ्याङ्क

वि.सं.२०८२ भदौ ५ बिहीवार १४:०८

काठमाडौँ । पछिल्लो समय वैदेशिक सहायता आउने क्रम घट्दै गएको...

गण्डकी प्राविधिक शिक्षालयको विकासका लागि कोरियाको  १ अर्ब २५ करोड सहयोग

गण्डकी प्राविधिक शिक्षालयको विकासका लागि कोरियाको  १ अर्ब २५ करोड सहयोग

वि.सं.२०८२ भदौ ४ बुधवार १७:४९

काठमाडौं । ‘गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान अन्तर्गत...