back
Naima

गृह मन्त्रालयमा २ अर्व ३६ करोड १२ लाख बढी बेरुजु फर्छयौट

काठमाडौं ।  बेरुजु फर्छयौट गरी बित्तीय सुशासन कायम गर्न गृह मन्त्रालयको क्रियाशिलता बढेको छ ।

गृहमन्त्री रमेश लेखकको गृह नेतृत्वको पहिलो बर्षमा आ व २०८१/०८२ मा हालसम्मकै उच्च रु २ अर्व ३६ करोड १२ लाख ६३ हजार बेरुजु रकम गृह मन्त्रालयले फर्छयौट तथा गरेको छ । अघिल्लो आर्थिक बर्षसम्म गृह मन्त्रालय अन्र्तगत कुल बेरुजु ३ अर्व ७२ करोड ४५ लाख ८७ हजार फर्छयौट बाँकी रहेको थियो ।

गृह मन्त्रालय आर्थिक प्रशासन शाखाका प्रमुख उपसचिव खडानन्द अधिकारीले गृहमन्त्री लेखकको निर्देशन तथा गृहसचिवको समन्वय तथा निर्देशन र मातहतका निकायहरुको सहयोग र आर्थिक प्रशासनको सक्रियताले सम्परीक्षण र बित्तीय सुशासन कायम गर्न मन्त्रालय अग्रस्थानमा रहेको बताए। मन्त्रालयका अनुसार गत आर्थिक बर्षमा सम्परीक्षण तथा फर्छयौट प्रगति ६३.१७ प्रतिशत रहेको छ ।

‘चालु आर्थिक बर्षमा अब रु १ अर्व ४७ करोड ४५ लाख मात्रै कुल बेरुजु बाँकी छ ’ । आर्थिक प्रशासन शाखाका प्रमुख अधिकारीले भने । कार्य योजना बनाएरै मन्त्रालय बेरुजु फच्र्यौटमा लागेको छ ।’

उनले तीन वर्ष यताको बेरुजुको अवस्था हेर्दा आर्थिक बर्ष २०८१/०८२ मा लेखापरीक्षण अंकको आधारमा बेरुजु ०.०९ प्रतिशतमा झरेको बताएका छन् । ‘आर्थिक बर्ष २०७८/०७९ मा १.४१ प्रतिशत लेखापरीक्षण अंकको आधारमा बेरुजु थियो ।’ अधिकारीले भने, ‘अहिले शुन्य प्रतिशतमा झरेको छ ’ मन्त्रालयले बेरुजु फच्र्यौट समन्वयका लागि आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुखको संयोजकत्वमा समिति समेत गठन गरेको छ ।

समितिले विगत बर्षहरुको बेरुजु लागतलाई अभिलेखीकरण गर्ने, नियमित कार्य योजना बमोजिम समितिको बैठक बसेर प्रगति समिक्षा गर्ने लगायतका काम निरन्तर गर्दै आएको छ । त्यसका साथै मन्त्रालयले असुल उपर र पेश्की बेरुजुका सम्वन्धमा सम्वन्धीत निकायका र व्यक्तिलाई ताकेता गर्ने बेरुजु फच्र्यौट, सम्परीक्षण र बित्तीय सुशासन सम्वन्धी काम गर्दै आएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०१

काठमाडौँ । पछिल्लो समय देशको आर्थिक गतिविधि सुस्त बनिरहेका बेला...

राष्ट्र बैंक ऐन संशोधन विधेयक: गभर्नरको कार्यकाल तीनदेखि पाँच वर्षसम्म राख्न सांसदहरूको सुझाव

राष्ट्र बैंक ऐन संशोधन विधेयक: गभर्नरको कार्यकाल तीनदेखि पाँच वर्षसम्म राख्न सांसदहरूको सुझाव

वि.सं.२०८३ साउन २० बुधवार १८:१९

काठमाडौँ । अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई...