back

संघीय बजेटमा कोशी प्रदेश : के के समेटिए ?

इटहरी । संघीय सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेट वक्तव्यमा कोशी प्रदेशका जिल्ला र स्थानमा लक्षित गरिएका विभिन्न महत्त्वाकाङ्क्षी समेत देखिने योजना समावेश गरिएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकासदेखि ऊर्जा, पर्यटन, कृषि, स्वास्थ्य, खेलकुद र शैक्षिक क्षेत्रमा कोशी प्रदेशलाई समेटिएको देखिन्छ । सोही आधारमा अर्थमन्त्रीले बिहीबारको सदनमा तोकेरै प्रस्तुत गरेका मुख्य योजनाहरूमा कोशी प्राथमिकता परेको छ ।

खेलकुद र पूर्वाधार
बजेट वक्तव्यमा झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको आधुनिक रङ्गशाला निर्माण गरिने उल्लेख छ। जसले सबै प्रकारका खेल गतिविधि सञ्चालन गर्न सक्ने क्षमता राख्नेछ । यसबाहेक, सोलुखुम्बुमा उच्च उचाइमा खेल खेल्न सकिने ‘हाई अल्टिच्यूट स्पोर्टस स्टेडियम’ निर्माण गरिने योजना पनि बजेटमा समावेश छ ।
सिचाइ र लिफ्ट सिँचाइ
सुनसरी र मोरङका सिँचाइ आयोजनाको पुनर्निर्माण हुने र पहाडी क्षेत्रका किसानलाई सहयोग पुग्ने गरी लिफ्ट सिँचाइको व्यवस्था गरिने बताइएको छ ।
यातायात पूर्वाधार
रानी–इटहरी व्यापारिक मार्गको निर्माण सम्पन्न गर्न बजेट विनियोजन गरिएको छ । साथै कोशी कोरिडोरको विस्तार, अरुण कोरिडोरअन्तर्गत चतरा–लेगुवाघाट सडक निर्माण, तमोर कोरिडोर र दमक–चिसापानी सडक स्तरोन्नति, मेची राजमार्ग मर्मत तथा निर्वाचन क्षेत्र विशेष सडक निर्माणका लागि पनि बजेट व्यवस्था गरिएको छ । यस्तै धरान लेउती सुरुङ मार्गका लागि समेत स्रोत व्यवस्थापन गरिएको मन्त्री पौडेलले उल्लेख गरेका छन् ।
रेलमार्ग, केवलकार र हवाई सेवा
काँकडभिट्टा–इटहरी रेलमार्गको अधिग्रहण गरिएको जमिन फुकुवा गरिनेछ भने झापाको भद्रपुर र ताप्लेजुङको सुकेटार विमानस्थलको क्षमता विस्तार गरिने बजेटमा उल्लेख छ ।
तेह्रथुमको चुहानडाँडा र उदयपुरको सगरमाथा विमानस्थलका लागि आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारिनेछ । मन्त्री पौडेलका अनुसार पहाडी क्षेत्रमा केवलकार निर्माणका लागि सहजीकरण गरिने छ ।
पर्यटन प्रवद्र्धनमा नयाँ योजना
कोशीटप्पुदेखि सगरमाथा पदमार्गको विकास र केचना–पाथीभरा पदमार्ग सञ्चालन गरिने छ । साथै, कोशी नदीमा ¥याफ्टिङलगायतका पर्यटन पूर्वाधार विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने अर्थमन्त्री पौडेलले उल्लेख गरेका छन् ।
स्वास्थ्य क्षेत्र
प्रत्येक प्रदेशमा स्थापना गरिने भनिएको जलन अस्पताल निर्माण योजनामा कोशी प्रदेश पनि परेको छ ।
शिक्षा र अनुसन्धान
संखुवासभामा विदुषी योगमाया आयुर्वेद हिमालयन विश्वविद्यालयको निर्माणका लागि बजेट व्यवस्था गरिएको छ, जसले पूर्वी नेपालको शैक्षिक र आयुर्वेदिक क्षेत्रमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
ऊर्जा क्षेत्र
दूधकोशी जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गरिने घोषणा गरिएको छ । यस आयोजनाले पूर्वी नेपालको ऊर्जा सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्नेछ । यस्तै सुनसरीमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिने अर्थमन्त्री पौडेलले उल्लेख गरेका छन् ।

यहाँ उल्लेख गरेकासँगै राष्ट्रिय रूपमा परेका योजनाहरूमा समग्रताको फाइदा पनि कोशी प्रदेशले पाउन सक्ने अपेक्षा गरिएको छ ।

gaugauma singhadarbar

पुस मासान्त सम्म ५ खर्ब ८१ अर्ब राजस्व सङ्कलन, लक्ष्यभन्दा १८ प्रतिशतले कम

पुस मासान्त सम्म ५ खर्ब ८१ अर्ब राजस्व सङ्कलन, लक्ष्यभन्दा १८ प्रतिशतले कम

वि.सं.२०८२ माघ १ बिहीवार ११:५४

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस ३० गतेसम्म...

काठमाडौँ महानगरले गर्‍यो ३ वर्षको आय–व्यय प्रक्षेपण, आम्दानीभन्दा खर्च दोब्बरको अनुमान

काठमाडौँ महानगरले गर्‍यो ३ वर्षको आय–व्यय प्रक्षेपण, आम्दानीभन्दा खर्च दोब्बरको अनुमान

वि.सं.२०८२ माघ १ बिहीवार ११:१०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी तीन आर्थिक वर्षका लागि आय–व्यय...

भारत लैजाने–ल्याउने नेपाली र भारतीय मुद्राको सीमा स्पष्ट

भारत लैजाने–ल्याउने नेपाली र भारतीय मुद्राको सीमा स्पष्ट

वि.सं.२०८२ पुस ३० बुधवार १०:३८

काठमाडौं । सरकारले नेपाली तथा भारतीय नागरिकले भारत लैजान र...

राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र जारी गर्ने

राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र जारी गर्ने

वि.सं.२०८२ पुस २८ सोमवार १४:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

नीति निर्माणका लागि स्वदेशमै तथ्याङ्क उत्पादन आवश्यक : अर्थमन्त्री खनाल

नीति निर्माणका लागि स्वदेशमै तथ्याङ्क उत्पादन आवश्यक : अर्थमन्त्री खनाल

वि.सं.२०८२ पुस २५ शुक्रवार १७:१३

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको...

निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्यो

निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्यो

वि.सं.२०८२ पुस २३ बुधवार १४:३८

काठमाडौं । पछिल्लो समय निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्दै गएको...